मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

बालक अपहरणकारीलाई ९ वर्ष कैद

बालक अपहरणकारीलाई ९ वर्ष कैद


चितवन । दुई बालकको अपहरण गरी शरीर बन्धक बनाएको आरोप लागेका भरतपुर–७ बस्ने वर्ष १७ का टेकबहादुर सुयाललाई चितवन जिल्ला अदालतले ९ वर्ष कैद र ५० हजार रूपैयाँ जरिबानाको फैसला गरेको छ ।
 
सोमबार अदालतका न्यायाधीश विनोदमोहन आचार्यको इजलासले यस्तो फैसला गरेको हो । गत वर्ष साउन १ गते फुटबल खेलाउने भनी भरतपुर–१२ का वर्ष १३ का भुवन पौडेल र वर्ष १४ का सागर कँुवरलाई उक्त सजाय सुनाइएको अदालतका नासु जयनारायण आचार्यले जानकारी दिए ।
 
भरतपुर मावि अगाडिबाट अपहरण गरी नारायणी कला मन्दिरमा उनीहरुलाई बन्धक बनाइएको थियो । अपहरण गरेको स्वीकार गरेपछि अदालतले शरीर बन्धक महलको ९ नम्बर बमोजिम ७ वर्ष कैद र यस महलको १२ नम्बर बमोजिम बालबालिका अपहरणमा थप दुई वर्ष सजाय तथा ५० हजार जरिबाना सुनाइएको आचार्यले बताए ।