मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

फुट्यो वैद्य नेतृत्वको ३३ दलीय मोर्चा

फुट्यो वैद्य नेतृत्वको ३३ दलीय मोर्चा


काठमाडौँ । मोहन बैद्य अध्यक्ष रहेको नेकपा९माओवादी नेतृत्वको ‘३३ दलीय मोर्चा’ फुटेको छ । माओवादी अध्यक्ष मोहन बैद्य र शोभाराम थापाले मोर्चाको नीतिविपरित गतिविधि गरेको आरोप लगाएर एक अर्कालाई निस्काशन गरेको घोषणा गरेका छन् ।
 
दोस्रो संविधानसभा निर्वाचन बहिस्कारका क्रममा सक्रिय भएको ३३ दलीय मोर्चा पछिल्लो समय निश्किय थियो । मोर्चामा आवद्ध जनजातिसहितका दलहरु प्रचण्ड नेतृत्वको ३० दलमा गएका थिए ।
 
बैद्य माओवादीले एमाओवादीसहितका पाँच दलसँग एकता प्रयास थालेपछि ३३ दलीय मोर्चालाई बेवास्ता गर्दै आएको थियो । त्यही बेला राष्ट्रिय एकता मञ्चका शोभाराम थापाले छुट्टै बैठक गरेर आफूलाई सहसंयोजक घोषणा गरे भने कोटेश्वर कार्यालय खोले ।
 
थापाले अब बैद्य माओवादीको कार्यालयमा बैठक नबस्ने भन्दै बैद्यलाई नयाँ कार्यालयमा आएर मोर्चाको नेतृत्व गर्न पत्र पठाए । तर, बैद्यले थापाको पत्र पढ्दै नपढी च्यातेर पत्रबाहकलाई फिर्ता पठाए । 
 
सोमबार बैठक बोलाएर बैद्यले थापालाई ३३ दलीय मोर्चाबाट निस्कासन गरेको घोषणा गरे । बैद्यद्वारा जारी विज्ञप्तिमा भनिएको छ९३३ दलीय मोर्चाको नीतिविपरीत र भ्रमपूर्ण गतिविधिमा लागेकोले राष्ट्रिय एकता मञ्चका शोभाराम थापालाई निस्कासन गर्ने निर्णय भएको छ ।’
 
थापाले पनि आफूसँग ३२ दल रहेको भन्दै बैद्यलाई मोर्चाबाट हटाइएको दावी गरेका छन् । ‘बैद्यजी मोर्चाको कार्यालष्मा आएर नेतृत्व गरे स्वीकार गर्छौं । तर, माओवादीको कार्यालयमा भ्रातृ संगठनका रुपमा बैठक नराख्ने भनेका थियौं’ थापाले भने९‘उहाँ आउनु भएन र हामी ३२ दलले उहाँलाई मोर्चाबाट अलग गरेका छौं ।’
 
थापाले भने बैद्य माओवादीले ३३ दलीय मोर्चालाई सडकमा ल्याएर फालेको आरोप लगाए । ‘चुनाव बहिस्कार गरेपछि कांग्रेस९एमालेसँग वार्ता गरेर बैद्यजीले राजनीतिक गद्धारी गरे’ सोभाराम थापाले भने, ‘प्रचण्डसँग वार्ता सुरु गरेपछि ३३ लाई वेवास्ता गरे ।’