मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

प्रचण्डको ज्यान मार्ने धम्कीपछि दिपकराज गिरीले यसरी लेखे फेसबुक स्टाटस

प्रचण्डको ज्यान मार्ने धम्कीपछि दिपकराज गिरीले यसरी लेखे फेसबुक स्टाटस


काठमाडौँ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई कडा ब्यङ्ग्य हान्दै आएका चर्चित कलाकार दिपकराज गिरीले यस पटक भने प्रचण्डको पक्षमा बोलेका छन् । उनले नेपाली राजनीतिमा धेरै गाली खानेमध्ये प्रचण्ड पनि रहेको तर उनी यस पटक सही रहेको बताएका छन् ।
 
गिरिजाप्रसाद कोइरालाको उदाहरण दिँदै दिपकले प्रचण्ड गाली खानेमध्ये १०० प्रतिशत अंकसहित सबै शीर्ष नेताभन्दा माथि रहेको भए पनि पछिल्लो पटक संविधान निर्माणका लागि गरेको सहमतिमा प्रचण्ड सही रहेको उल्लेख गरेका छन् । 
 
गिरिजाले गाली खाए पनि मलामी सबैभन्दा बढी पाएको उदाहरण दिँदै उनले गाली खाँदा डराउन हुन्न भनेका छन् । उनले बाबुराम भट्टराईको पनि प्रशंसा गरेका छन् ।
 
उनले प्रचण्डलाई मार्छु भन्ने आङकाजीहरु समाजमा हुने भन्दै यस्ताहरु कहिले मर्छन् थाहा नहुनेसमेत टिप्पणी गरेका छन् । 
 
हेर्नुहोस् दिपकराज गिरीको स्टाटस :