मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

दिदीबाट बेचिएकी बालिकाको चार वर्षपछि उद्धार

दिदीबाट बेचिएकी बालिकाको चार वर्षपछि उद्धार


कपिलवस्तु । आफ्नै दिदीबाट बेचिएकी एक बालिकालाई शान्ति पुनःस्थापना गृह कृष्णनगर कपिलवस्तुले उद्धार गरेको छ । 
 
नुवाकोटको खड्का भञ्ज्याङबाट चार वर्ष पहिले हराएकी ११ वर्षीया पूजा ९नाम परिवर्तन० लाई चार वर्षपछि भारत इलाहावादको मिरगन्जस्थित वेश्यालयबाट उद्धार गरिएको गृहका संयोजक भूमीराज भट्टराईले बताउनुभयो । 
 
उद्धार गरिएकी पूजा आफ्नै दिदी चितवन जिरौना बस्ने कुइँटी तामाङबाट वेश्यालयमा बिक्री भएपछि चार वर्ष उनले नारकीय जीवन बिताउन बाध्य भइन् । पूजा दिदीबाट ३० हजार भारतीय रूपैयाँमा वेश्यालयमा बिक्री हुन पुगेकी थिइन् । एघार वर्षको उमेरमा इलाहावादमा बेचिन पुगेकी पूजा चार वर्षको अन्तरालमा नेपाली भाषासमेत बोल्न बिर्सिसकेकी छिन् । 
इलाहावादमा मेला घुम्न जाने भन्दै नुवाकोटबाट इलाहावाद पु¥याइएकी पूजाले आफ्नै दिदीबाट बेचिन पुगेको भन्दै दिदीलाई कडा जेल सजाय हुनुपर्ने माग गरेकी छिन् ।
 
बहिनीलाई वेश्यालयमा बिक्री गर्ने पूजाकी दिदीउपर अहिले जिल्ला अदालत कपिलवस्तुमा मानव बेचबिखन तथा ओसारपसारको आरोपमा मुद्दा चलेको छ । जिल्ला अदालतबाट अनुसन्धानका लागि म्याद थप भएपछि पूजाकी दिदी अहिले कृष्णनगर प्रहरीको नियन्त्रणमा रहेकी छिन् । रासस