मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

प्रियंका चोपडा जहाज किन्ने तयारीमा

प्रियंका चोपडा जहाज किन्ने तयारीमा


स्वतन्त्र जीवन विताउन चाहने अभिनेत्री प्रियंका चोपडा आमालाई छोडेर भर्खरै जुहुमा नयाँ घर किनेकी छिन्। यो घर आफ्नो सपनाको घर नरहेको बताउँदै उनले अब आफुलाई हवाईजहाज किन्न मन लागेको बताएकी छिन्।
 
मेरो धेरै समय ट्राभलिङमा खर्च हुने भएकाले मलाई आफ्नै हवाईजहाज किन्न मन लागेको छ अब त्यसको तयारीमा जुट्छु, उनले भनिन्।
 
दील धड्कने दो सफल भएकोमा खुसी भएकी प्रियंका अबको केही दिनपछि सञ्जयलीला भन्सालीको बाजीराब मस्तानीको सुटिङमा ब्यस्त हुने भएकी छिन्।
 
त्यसो त उनको सहभागीता रहेको अमेरिकन टिभी कार्यक्रम पनि प्रशारण हुने भएको छ। उक्त कार्यक्रमको टिचरमा उनलाई सेक्सी लुक्समा प्रस्तुत गरिएको छ।