मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वास्थ्य / विचित्र संसार   

पूर्व स्वास्थ्यमन्त्री लावतीको उपचारका क्रममा निधन

पूर्व स्वास्थ्यमन्त्री लावतीको उपचारका क्रममा निधन


काठमाडौँ – पूर्व स्वास्थ्यमन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल) समानान्तर केन्द्रीय समितिका अध्यक्ष पद्मसुन्दर लावतीको उपचारका क्रममा आज निधन भएको छ । चार दिनदेखि अचेत अवस्थामा थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा लावतीको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।
 
लावतीको निधन दिउँसो १ः२३ बजे भएको अस्पतालले जनाएको छ । लामो समयदेखि मिर्गौला, कलेजो, मधुमेह र हृदयरोगबाट थलिएका लावती पछिल्लो केहीदिनदेखि उपचारका लागि अस्पतालमा भर्ना भएका थिए ।
 
विसं १९९६ साउन ५ गते हालको पाकिस्तानको बलुचिस्तानको प्रान्तीय राजधानी क्वेटृामा जन्मीएका लावती २०१३ सालदेखि विद्यार्थी राजनीतिमा होमिएका थिए । विसं २०२४ सालमा पाँचथरका युवामध्येबाट राष्ट्रिय पञ्चायतको सदस्य बनेका लावती विसं २०२९ सालमा पहिलो पटक उद्योग राज्यमन्त्रीको जिम्मेवारी प्राप्त गरेका थिए ।  अध्यक्ष लावती राजनीतिक जीवनमा १२ पटकसम्म मन्त्री बन्न सफल भएका छन् ।
 
उनले गृह, सामान्य प्रशासन, कृषि, उद्योग तथा वाणिज्य, सञ्चार, स्वास्थ्य, भूमिसुधारजस्ता महत्वपूर्ण मन्त्रालयको नेतृत्व गर्ने अवसर प्राप्त गरेका छन् ।
 
उनका श्रीमती, तीन छोरा र दुई छोरी छन् । दुई छोरा मुलुक बाहिर रहेकाले उनीहरु आएपछि अन्त्येष्टि कार्यक्रम हुने पारिवारिक स्रोतबाट जानकारी दिइएको छ । रासस