मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जानी राखे राम्रो    

रक्तचाप बढी भयो भने के गर्ने ?

रक्तचाप बढी भयो भने के गर्ने ?


यदि रक्तचाप १४०/९० को वरिपरि छ र कहिलेकाँही १५०/१०० सम्म पनि पुग्छ भने यस्तो अवस्थामा औषधिको प्रयोग गर्नुपर्ने हुनसक्छ । 
 
यस्तो अवस्थामा पनि जीवनशैलीमा परिवर्तन गरेर रक्तचाप घटाउन सकिन्छ र पछि गएर औषधि छाड्न पनि सकिन्छ । तर यदि रक्तचाप माथिको १४० देखि १५० वा तलको ९० देखि १०० छ भने, चिकित्सकसंग जाँच गराएर मात्रै औषधि खाने वा नखाने निणय गर्नुपर्छ । 
 
यस्ता समस्या भएकाले जीवनशैलीमा परिवर्तन गर्दै ३ देखि ६ महिनासम्म रक्तचापलाई नियमित रूपमा जाँच गर्नुपर्छ । त्यसपछि पनि नियन्त्रण नभए औषधिको प्रयोग गर्नुपर्ने हुनसक्छ ।
 
यदि रक्तचाप २००/१२० भन्दा बढी छ भने त्यस्तो अवस्थामा तुरुन्तै अस्पताल जानुपर्ने हुन्छ । रक्तचाप २००/१२० भन्दा बढी छ र टाउको दुख्ने, रिंगटा र वाकवाक लाग्ने गरेको छ भने मस्तिष्कमा असर गरेको छ भन्ने बुझ्नु पर्छ । यस्तो अवस्थामा मस्तिकघात हुने सम्भावना बढी हुन्छ । 
 
यदि स्वाँस्वाँ हुने, छाती दुख्ने, मुटुको ढुकढुकी बढ्ने र पसिना आउने भएमा मुटुमा असर गरिसकेको छ भन्ने बुझ्नु पर्छ । यस्तो अवस्थामा हृदयघात हुने सम्भावना बढी हुन्छ । 
 
यसैगरी पिसाब कम हुने गरेको छ भने पनि मिर्गौलामा असर गरेको हुनसक्छ ।