मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

अमेरिकी रियालिटी शोमा परिजिता टप टेनमा (भिडियो सहित)

अमेरिकी रियालिटी शोमा परिजिता टप टेनमा (भिडियो सहित)

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 
अमेरिका । दी भ्वाइस रियालिटी शोको अन्तिम चरणमा नेपाली चेली परिजिता बास्तोला प्रतिस्पर्धा गरिरहेकी छिन् । प्रतियोगिताको बिभिन्न चरणहरु पार गर्दै उनी अहिले टप टेनमा पुगेकी छिन् ।
 
उनको प्रस्तुति अत्यन्तै उत्कृष्ठ रहेको प्रतिकृया प्रतियोगिताका निर्णायकमण्डल र नेपाली समुदायले दिइरहेका छन् । 
 
तर प्रतियोगिता जित्नको लागि अनलाइन भोटिंगको जरुरत पर्छ । अनलाइन भोटिंग गरेर आफुलाई जतिसक्दो मत दिने परिजिताले अमेरिकामा रहेका नेपाली समुदायसँग विशेष अनुरोध गरेकी छिन् । 
 
एक भिडियो सन्देश मार्फत परिजिताले एप्स स्टोरबाट डाउनलोड गरेर वा सिधै एनबिसी च्यानलको वेवसाइट मार्फत भोट गर्न सकिने जानकारी दिएकी छिन् । भोली सोमबार अर्को चरणको प्रतिस्पर्धा हुँदैछ । त्यतिन्जेलसम्म भोट गरिदिन उनले बिनम्र अनुरोध गरेकी छिन् ।

नोभेम्बर २८ का दिन अमेरिकी पूर्वीय समय वेलुका ८:०० बजेदेखि बिहान ७:०० बजे मंगलबारसम्म एप्स स्टोरबाट दी भ्वाइस डाउनलोड गरेर अवन सोझै एनबिसी टिभी को वेबसाइट https://voice.vote.nbc.com मा गएर दुवै ठाउंमा भोट गर्न सकिन्छ । दी भ्वाइस सांगितिक कार्यक्रम अमेरिकाको प्रतिष्ठित  एनबिसी टिभी बाट प्रसारण हुन्छ।  

 
पुख्र्यौली घर झापाको बिर्तामोड भएकी पराजिता अमेरिकामै जन्मेकी हुन् । उनले निकै उत्कृष्ठ प्रस्तुति दिदै अहिलेको चरणसम्म आइपुगेकी छिन् ।