मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

चितवन क्षेत्र नं ३ मा राप्रपाका विक्रम पाण्डे विजयी

चितवन क्षेत्र नं ३ मा राप्रपाका विक्रम पाण्डे विजयी


चितवन । चितवनको क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय उपाध्यक्ष विक्रम पाण्डे विजयी भएका छन् ।
गठबन्धन र तालमेलबिना एक्लै चुनावको सामना गरेका पाण्डेले आफू विजयी भइरहँदा पार्टीलाई यही क्षेत्रको प्रदेश–३ (१)मा पनि जिताएका छन् ।
६९ वर्षीय पाण्डेले निकटतम प्रतिद्वन्द्वी सत्तारूढ गठबन्धनका उमेदवार डा. भोजराज अधिकारीलाई नौ हजार २ सय ३३ मतले पछाडि पार्दै दोस्रोपटक संसदीय यात्रा तय गर्दैछन् । पाण्डेले ३५ हजार ५५ मत ल्याए भने डा. अधिकारीले २५ हजार ८ सय २२ मत ल्याएका छन् ।
चितवन–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार जीता बराल तेस्रो भइन् । बरालले १८ हजार ८ सय ४२ मत ल्याइन् । बागी उमेदवारी दिएका नेपाली कांग्रेसका नेता दिनेश कोइरालालाई एमालेले समर्थन गरे पनि राम्रो मत ल्याउन सकेनन् । कोइरालाले १२ हजार २ सय ७५ मत ल्याएर सान्त्वना स्थानमा रहे । चितवन–३ मा १२ स्वतन्त्रसहित २० उमेदवार प्रतिस्पर्धामा थिए ।