मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

वालमार्टकै कर्मचारी द्धारा गोली हानेर ६ जना सहकर्मीको हत्या

वालमार्टकै कर्मचारी द्धारा गोली हानेर ६ जना सहकर्मीको हत्या


 
अमेरिका – भर्जिनिया वालमार्ट सुपरस्टोरमा त्यहीका रात्रीकालिन म्यानेजरले आफ्नो सहकर्मी माथि गोलि चलाउंदा ४ जनाको मृत्यु भएको छ । गोली लागेका अन्य दुई जनाको अवस्था गम्भिरहेको अस्पतालले जनाएको छ । 
 
यो घटनामा संलग्न भएको आरोप लागेका बन्दुकधारीको पनि मृत्यु भएको त्यहांको प्रहरीले जनाएको छ । 
 
संचारसंस्था सीएनएनका अनुसार घटनामा शंकास्पद बन्दुकधारी स्टोरमै काम गर्ने ३१ बर्षका अन्ड्रे विगं रहेको जनाएको छ । राती १० बजेतिर यो घटना भएको थियो । 
 
वालमार्टले उक्त शंकास्पद हत्यारा सन् २०१० देखि उक्त स्टोरमा काम गर्दै आएको पुष्टि गरेको छ । केही समय अघि देखिनै उनको आनीबानी केही शंकास्पद रहेको जनाईएको छ । 
 
बन्दुकधारीले वालमार्टका कार्यरत कर्मचारी वस्ने ब्रेकरुम भित्र गोली चलाएको वताईएको छ । वालमार्ट विश्वकै सवैभन्दा ठुलो चेन स्टोर हो । यहां नुन देखि सुन सम्म किन्न पाइन्छ । वालमार्ट अमेरिकामा सवैभन्दा धेरैलाई रोजगारी दिने कम्पनी पनि हो । 
 
अमेरिकामा परिवारसंग वसेर मनाईने थ्यांकसगिभिगं पर्व आउनु भन्दा दुई दिन अघि यस्तो घटना भएको हो ।