मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

तीन ठूला दलको अग्रता कायमै, राष्ट्रिय स्वतन्त्र पार्टीको जबर्जस्त छलाङ

तीन ठूला दलको अग्रता कायमै, राष्ट्रिय स्वतन्त्र पार्टीको जबर्जस्त छलाङ


काठमाडौँ । आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभातर्फ आज राति ९ः३० बजेसम्म एक सय ६५ निर्वाचन क्षेत्रमध्ये एक सय १९ स्थानमा मतगणना जारी छ । ४२ स्थानको नतिजा भने सार्वजनिक भइसकेको छ । 
 
आयोगको प्रणालीमा प्रविष्ट तथ्याङ्कअनुसार नेपाली कांग्रेस १९, नेकपा (एमाले) ७, नेकपा (माओवादी केन्द्र) ३, राष्ट्रिय स्वतन्त्र पार्टी ५, नेकपा (एकीकृत समाजवादी) २, राप्रपा, जसपा, नाउपा, लोसपा, जनमोर्चा र जनमत पार्टी एक÷एक स्थानमा विजयी भएका छन् । 
 
जारी मतगणनामा गत निर्वाचनको तीन ठूला दलको अग्रता कायमै छ । कांग्रेस ३६, एमाले ३८, माओवादी १४, राष्ट्रिय स्वतन्त्र पार्टी ४, एकीकृत समाजवादी ८ र अन्य दल तथा उम्मेदवार २० स्थानमा अगाडि छन् । १३ स्थानमा मतगणना हुन बाँकी रहेको छ । 
 
आयोगका अनुसार प्रदेशसभाको प्रत्यक्षतर्फ प्रदेश नं १ मा कांग्रेस तीन र माओवादी दुई स्थानमा विजयी भएका छन् । प्रदेश १ मा कांग्रेस नौ, माओवादी पाँच, एमाले २०, एकीकृत समाजवादी तीन र राष्ट्रिय प्रजातन्त्र पार्टी दुई स्थानमा अगाडि छन् । 
 
मधेस प्रदेशमा जनमत पार्टी तीन, कांग्रेस, जनता समाजवादी पार्टी र माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी एक÷एक स्थानमा विजयी भएका छन् । मधेस प्रदेशमा जनमत पार्टी तीन, कांग्रेस ११, जसपा आठ, माओवादी केन्द्र छ, लोसपा चार र अन्य उम्मेदवार १९ स्थानमा अगाडि छन् । 
 
बागमती प्रदेशमा कांग्रेसका आठ, एमालेका चार, माओवादी र एकीकृत समाजवादीका एक÷एक उम्मेदवार विजयी भएका छन् । जारी मतगणनामा कांग्रेस १२, एमाले ११, माओवादी केन्द्र आठ, एकीकृत समाजवादी चार र राष्ट्रिय प्रजातन्त्र पार्टी छ स्थानमा अगाडि छन् । 
 
गण्डकीमा कांग्रेस तीन, एमाले दुई, माओवादी केन्द्र र स्वतन्त्र उम्मेदवार एक÷एक स्थानमा विजयी भएका छन् । कांग्रेस १०, एमाले नौ, माओवादी केन्द्र चार र एकीकृत समाजवादी एक स्थानमा अगाडि छन् । लुम्बिनीमा एमाले दुई, जसपा दुई, कांग्रेस, माओवादी केन्द्र र स्वतन्त्र एक÷एक स्थानमा विजयी भएको छ । एमाले १३, कांग्रेस ११ र माओवादी केन्द्र तीन स्थानमा अगाडि छ । 
 
आयोगका अनुसार हालसम्म कर्णालीमा प्रदेशसभाको प्रत्यक्षतर्फको २४ सिटमध्ये कांग्रेस दुई स्थानमा विजयी भएको छ । कांग्रेस चार, माओवादी केन्द्र छ र एमाले दुई स्थानमा अगाडि छ । सुदूरपश्चिम प्रदेशमा कांग्रेस र माओवादी एक/एक स्थानमा विजयी भएको छ । सो प्रदेशमा कांग्रेस छ, माओवादी केन्द्र चार, एमाले र नागरिक उन्मुक्ति पार्टी दुई/दुई तथा एकीकृत समाजवादी र अन्य उम्मेदवार एक/एक स्थानमा अगाडि छन् ।