मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

भट्टराई हर्कुलस सिटीको प्लानिंग कमिसनर

भट्टराई हर्कुलस सिटीको प्लानिंग कमिसनर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सानफ्रान्सिस्को (क्यालिफोर्निया) । सानफ्रान्सिस्को बे-एरियामा रहेको हर्कुलस सिटीले पहिलो पुस्ताका नेपाली अमेरिकन डिल्ली भट्टराईलाई प्लानिंग कमिसनर नियुक्त गरेको छ ।

लामो समयसम्म बे-एरियाका बिभिन्न सिटीहरुमा बस्दै आएका भट्टराईले केही वर्षदेखि हर्कुलसलाई आफ्ना स्थायी ठेगानामा परिणत गरेका छन् । सिटीका बिभिन्न कृयाकलापहरुमा अभिरुचीपूर्ण रुपमा सहभागिता जनाउँदै आएका भट्टराईलाई हालैमात्र सो पदमा नियुक्त गरिएको हो । 

सन् १९००मा स्थापना भएको हर्कुलस कन्ट्राकोष्टा काउन्टमिा पर्ने एउटा सिटी हो । आफ्नो नियुक्ति नेपाली समुदायकै गर्व गर्न लायक कार्य भएको उल्लेख गर्दै भटटराईले सिटीको योजना, कार्यान्वयनमा आफ्नो विज्ञताको आधारमा सहयोग गर्ने बताए । 

भटटराई एनआरएन अमेरिकाका पूर्ब उपाध्यक्ष समेत हुन् । भट्टराइकै पहलमा हरेक बर्षको अप्रिल १४ लाई हर्कुलस सिटीले नेपाल-डे का रुपमा मनाउने घोषणा गरिसकेको छ । अप्रिल १४ मा नेपाली नयाँवर्ष पर्छ । 

‘अमेरिकामा बसेपछि नेपाललाई सहयोग गर्ने सबैभन्दा प्रभावकारी माध्यम यहीको सरकारी पद हो । त्यही भएर म विस्तारै अमेरिकाको राजनीतिमा प्रवेश गर्ने तयारीमा पनि छु’ उनले आफ्नो योजना सुनाए ।