मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अन्तर्राष्ट्रिय   

रुसी सेना खेरसनबाट पछि हट्नु युक्रेनको जित हो : नेटो प्रमुख

रुसी सेना खेरसनबाट पछि हट्नु युक्रेनको जित हो : नेटो प्रमुख


रोम । नेटो प्रमुख जेन्स स्टोल्टनबर्गले खेर्सनबाट रुसको फिर्ती कसरी हुन्छ भनेर हेर्नको लागि आफू आतुर रहेको र यदि त्यसो भएमा युक्रेनको अर्को जित हुने बताएका छन् ।  
 
हामीले आगामी दिनहरूमा राजनीतिक घटनाक्रमको विकास कसरी हुन्छ भनेर हेर्नुपर्छ किनकि रुस ठूलो दबाबमा छ । यदि तिनीहरूले खेरसन क्षेत्र छोडे भने, यो युक्रेनको अर्को जित हुनेछ, उनले बिहीबार रोममा एक कार्यक्रमा सो धारणा राखेका हुन् ।  
 
युक्रेनले बिहीबार आफ्नो सेनाले दक्षिणी खेरसन क्षेत्रका एक दर्जन गाउँहरू पुनः दाबी गरेको बताएको छ । यो दाबी रुसले आफ्ना सेनाहरूलाई उक्त शहरबाट फिर्ता हुन आदेश दिएको एक दिनपछि बाहिर आएको हो । 
 
हामीले देखेका छौँ कि कसरी युक्रेनी सशस्त्र सेनाले रूसी सेनालाई पछाडि धकेल्न र आफ्नो क्षेत्र स्वतन्त्र गराउन सक्षम भएको छ, स्टोल्टेनबर्गले उल्लेख गरेका छन् । यी सबै उपलब्धिहरू युक्रेनका साहसी सैनिकहरूको कारणले भएको हो उनले भने ।
 
एकै समयमा इटलीलगायत नेटो सहयोगीहरूले प्रदान गरेको अभूतपूर्व समर्थनले युद्धको मैदानमा हरेक दिन फरक पारिरहेको छ र युक्रेनी प्रगतिको लागि महत्त्वपूर्ण छ, गत महिनाको अन्त्यमा पदभार ग्रहण गरेका इटालीका प्रधानमन्त्री जर्जिया मेलोनीसँगको पहिलो आमने(सामने वार्तापछि स्टोलटेनबर्गले यस्तो बताएका हुन् । 
 
उनको सरकारी सहयोगीहरूमा मस्कोप्रति सहानुभूति राख्ने धेरै व्यक्तिहरू रहेको तर उनी आफैँले बारम्बार युक्रेन र रूसविरुद्ध प्रतिबन्धहरूको लागि समर्थनमा जोड दिएकी छिन् । 
 
मेलोनीले भनिन्, नका प्राथमिकताहरू मध्ये एक गठबन्धनलाई सुदृढ पार्न काम गर्नु थियो र यसलाई सबै दिशाबाट आउने धम्कीहरूको जवाफ दिन अझ सक्षम बनाउन आवश्यक छ। हाम्रो देशको सुरक्षा र समृद्धिका लागि गठबन्धन अपरिहार्य छ, उनले पत्रकारहरू माझ बताएकी छिन् । एएफपी