मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

भारतमा सर्पको डसाइबाट मात्रै बर्सेनि ६४ हजार बढीको मृत्यु

भारतमा सर्पको डसाइबाट मात्रै बर्सेनि ६४ हजार बढीको मृत्यु


नयाँ दिल्ली । भारतमा सर्पको डसाइबाट मात्र वर्षमा ६४ हजार जनाभन्दा बढीको ज्यान जाने गरेको तथ्याङ्क छ । हालै सार्वजनिक भएको एक अन्तर्राष्ट्रिय अध्ययनको तथ्याङ्कमा सो कुरा उल्लेख गरिएको भारतको एक स्थानीय पत्रिकाले जनाएको छ ।
 
भारतको पत्रिका द हिन्दुले नेचर कम्युनिकेसन्स जर्नलमा प्रकाशित एक अनुसन्धानलाई उद्धृत गरेर दिएको समाचारअनुसार यहाँ हरेक वर्ष ६४ हजारभन्दा बढीको सर्पले डसेर ज्यान जाने गरेको छ ।
 
भारतमा गत वर्षमात्र सर्पले टोकेर ६४ हजार एक सय जनाको ज्यान गएको थियो । विश्वका विभिन्न २१ देशका अनुसन्धानदाताहरु सम्मिलित रहेर गरिएको सो अनुसन्धानमा विश्वमा हरेक वर्ष ७८ हजार छ सय जनाको सर्पको डसाईबाट ज्यान जाने गरेको छ । भारतमा मात्र ६४ हजार जना भन्दा बढी रहेका देखाइएको छ ।
 
भारतको पनि उत्तर प्रदेशमा सबैभन्दा धेरै मानिसको सर्पको डसाइबाट मृत्यु हुुने गरेको छ । यस प्रदेशमा मात्र १६ हजार भन्दा बढीको सर्पले डसेर ज्यान जाने गरेको सो अनुसन्धानले देखाएको छ ।
 
त्यसपछि भारतको मध्य प्रदेशमा धेरै मानिसको ज्यान जाने गरेको छ । भारतको मध्य प्रदेशमा  पाँच हजार सात सयको ज्यान गएको थियो । त्यसपछि भारतको राजस्थानमा पाँच हजार तीन सय जनाको सर्पले डसेर ज्यान गएको थियो ।
 
संसारमा प्रति एक लाख जनामा ०.८ जनाको सर्पको डसाईबाट ज्यान जाने गरेको छ । भारतको तुलनामा यो निकै थोरै हो । यता भारतमा प्रति एक लाख जनामा चार जनाको सर्पको डसाइबाट ज्यान जाने गरेको तथ्याङ्क भेटिन्छ । सिन्ह्वा