मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

नायक भुवन केसीद्वारा बसन्ती राईको म्युजिक भिडियो “बेबी बसन्ती” सार्वजनिक

नायक भुवन केसीद्वारा बसन्ती राईको म्युजिक भिडियो “बेबी बसन्ती” सार्वजनिक


न्युयोर्क । लामो समयदेखि अमेरिकामा बसेर कलाकरिता गरिरहेकी बसन्ती राईको नयाँ म्युजिक भिडियो “बेबी बसन्ती”को नेपाली चलचित्रका सुपरस्टार एवं चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले औपचारिक रुपमा न्युयोर्कमा सार्वजनिक गरेका छन् । 
 
कलाकार संघ अमेरिका तथा युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिका (युक्रा)की वरिष्ठ उपाध्यक्षसमेत रहेकी बसन्तीको म्युजिक भिडियो यसअघि नै युट्युबमा सार्वजनिक गरिएको भए पनि मंगलबार न्युयोर्कको ज्याक्सन हाइटस्थित गोरखा रेस्टुरेन्टमा एक भव्य कार्यक्रमबीच सार्वजनिक रुपमा सार्वजनिक गरिएको हो ।  
 
कार्यक्रममा एनआरएनए न्युयोर्क च्याप्टरका सभापति आङ्ग छिरिङ शेर्पा, संयुक्त राज्य अमेरिका न्युयोर्क राज्यका पर्यटन दूत तथा यूनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिका (युक्रा)का केन्द्रीय उपाध्यक्ष केशवराम राई, कलाकार संघ अमेरिकाकी अध्यक्ष निशा सुनार, चर्चित लोक दोहोरी गायक विमल डाँगी, कलाकार तथा वरिष्ठ नृत्य निर्देशक गोविन्द राई, कलाकार सपना श्री लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्थिति थियो । 
 
कार्यक्रमलाई सम्बोधन गर्दै अमेरिका भ्रमणमा रहेका बोर्डका अध्यक्ष केसीले आफूलाई न्युयोर्कमा गरिएको न्यानो स्वागतकका निम्ति सबैलाई धन्यवाद दिँदै आफूसित गीत गाएका र चलचित्रमा खेलेका साथीहरुसित भेट हुँदा खुसी लागेको बताए ।  
 
कार्यक्रमको अन्त्यमा गायिका बसन्तीले उपस्थित सबैप्रति आभार व्यक्त गर्दै धन्यवाद ज्ञापन गरेकी थिइन् । उक्त कार्यक्रमको सञ्चालन विक्की पुलामीले गरेका थिए ।
https://www.youtube.com/watch?v=vvOjg-mo9Mo
युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिका (युक्रा) न्युयोर्क च्याप्टरको तर्फबाट अध्यक्ष ममता खालिङ राई, सचिव सन्तोष राई, संस्कृतिक संयोजक रोशन राई सदस्यहरु बबिता राई, मालती राई, बेन्जु राई र जानकी राईले गायिका बसन्तीलाई फूलका गुच्छा तथा खादा ओढाएर बधाई दिएका थिए।  
 
त्यस्तै, अन्य विभिन्न संघसंस्थाका प्रतिनिधिहरु लगायतले उनलाई खादा र फूलका गुच्छासहित बधाई दिएका थिए ।
 
राजेश गुरुङको शब्द तथा संगीतमा तयार भएको गीतमा बसन्तीको स्वर तथा अभिनय रहेको छ । यस गीतमा एरेञ्ज तथा मिक्सिङ मास्टरिङ अमृत ल्वागुनको रहेको छ । 
 
चर्चित म्युजिक भिडियो निर्देशक तथा कोरियोग्राफर गम्भीर विष्टले निर्देशन गरेको म्युजिक भिडियोमा बसन्तीले अभिनेता आकाश श्रेष्ठ, कलाकार सुरवीर पण्डित र कमेडियन फुलन्देकी आमा उमेश राईसंग ठुम्का लगाएकी छिन् । यस म्युजिक भिडियोमा कलाकार सुरवीर पण्डितलाई फरक गेटअपमा निर्देशक गम्भीरले प्रस्तुत गराएका छन् । सुरवीरको यो प्रस्तुती दर्शकहरुले फरक स्वादको रुपमा लिन सक्नेछन् ।
 
बसन्तीको यो भन्दा अगाडि चर्चित गायक राजेशपायल राईसँग गाएको ‘सोई ढोले सोइ’, महानायक राजेश हमालसँग मोड्लिङ गरेको गीत ‘लाने भए लैजाउ, ‘झुम्के बुलाकी’ लगायत धेरै गीतहरु सार्वजनिक भैसकेका छन् । यो गीत ओएसआर डिजिटलको युट्युव च्यानलबाट सार्वजनिक भएको छ ।