मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

गुजरातमा पुल भत्किँदा १४१ जनाको मृत्यु, प्रधानमन्त्री देउवाद्वारा दुःख व्यक्त

गुजरातमा पुल भत्किँदा १४१ जनाको मृत्यु, प्रधानमन्त्री देउवाद्वारा दुःख व्यक्त


गुजरात, भारत । भारतको पश्चिमी राज्य गुजरातमा झोलुङ्गे पुल भत्किँदा कम्तीमा एक सय ४१ जनाको मृत्यु भएको छ । एक स्थानीय अधिकारीका अनुसार दुर्घटनामा ज्यान गुमाएकामा अधिकांश महिला, बालबालिका र वृद्ध छन् । दीपावली पर्व मनाउने क्रममा भीडले खचाखच मोरबीको पुल भाँच्चिएको थियो । हालसम्म एक सय ७३ जनाभन्दा बढीलाई उद्धार गरिएको छ । कैयौँ हराइरहेका छन् । 
 
बेलाइतको शासनकालमा १९ औँ शताब्दीमा बनेको उक्त पुल मर्मतसम्भारपछि गत सातादेखि सञ्चालन गरिएको थियो । गुजरातका गृहमन्त्रीले उक्त हताहतीबारे जानकारी दिँदै मृतकको सङ्ख्या बढ्नसक्ने बताएका छन् । उक्त दुर्घटनाबारे आपराधिक मुद्दा दर्ता गरिएको छ । राज्य सरकारका प्रहरी प्रमुखको नेतृत्वमा आजैदेखि अनुसन्धान पनि थालिएको छ । 
 
राष्ट्रिय आपत् एवम् राहत बल, वायु सेना, नौसेना, राष्ट्रिय एवम् राज्यका सुरक्षा निकायका दुई सयभन्दा बढीले खोज तथा उद्धारका काम रातभर सञ्चालन गरेका थिए । चालीसभन्दा बढी चिकित्सक एवम् स्वास्थ्यकर्मीको टोली घटनास्थलमा आइपुगेको छ ।
 
यसैबीच, प्रधानमन्त्री नरेन्द्र मोदीले पुल भत्केर भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै राहत तथा उद्धारका काममा कुनै किसिमको ढिलासुस्ती नहुने बताएका छन् । दुर्घटनामा ज्यान गुमाएकाहरूका परिवारप्रति समवेदना व्यक्त गर्दै उनले आफ्नो सरकार शोकाकुल परिवारका साथमा रहेको बताएका छन् । 
 
प्रधानमन्त्री देउवाद्वारा दुःख व्यक्त
 
आइतबार गुजरातमा पुल भाँच्चिएर धेरैको अमूल्य जीवनमा भएको क्षतिप्रति रूसी राष्ट्रपति भ्लादिभिर पुटिन, नेपालका प्रधानमन्त्री शेरबहादुर देउवालगायत विश्वका नेताहरूले गहिरो दुःख व्यक्त गरेका छन् । साथै उनीहरूले मोर्बी पुल दुर्घटनामा परी बहुमूल्य जीवन क्षति भएकामा हार्दिक समवेदना व्यक्त गरेका छन् ।  
 
राष्ट्रपति पुटिनले आफ्ना भारतीय समकक्षी द्रौपदी मुर्म र प्रधानमन्त्री नरेन्द्र मोदीप्रति हार्दिक समवेदना व्यक्त गर्दै पीडितहरूका परिवारजनमा सहानुभूति प्रकट गरेका छन् । उनले सबै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन् । 
 
प्रधानमन्त्री  देउवाले उक्त घटनाबाट आफू स्तब्ध भएको बताउँदै दुर्घटनामा ज्यान गुमाएकाहरूका परिवारजनका साथै भारत सरकार र त्यहाँका जनताप्रति समवेदना व्यक्त गरेका छन् । उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन् ।  
 
झोलुङ्गे पुल भत्किँदा कम्तीमा एक सय ४१ जनाको मृत्यु भएको छ । एक स्थानीय अधिकारीका अनुसार दुर्घटनामा ज्यान गुमाएकामा अधिकांश महिला, बालबालिका र वृद्ध छन् । दीपावली पर्व मनाउने क्रममा भीडले खचाखच मोरबीको पुल भाँच्चिएको थियो । एएनआई