मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

कोलोराडोमा दसैँ–तिहार शुभकामना सांस्कृतिक साँझ

कोलोराडोमा दसैँ–तिहार शुभकामना सांस्कृतिक साँझ


कोलोराडो, अमेरिका । हिन्दुहरुको महान् चाड विजया दशमी तथा शुभ दीपावलीको अवसरमा कोलोराडो निवासी नेपालीहरुले सांस्कृतिक कार्यक्रम आयोजना गरी शुभकामना आदान प्रदान गरेका छन् ।
 
नेपालीहरुको साझा संस्था रकी माउन्टेण्ड फ्रेन्डस अफ नेपालको आयोजनामा तथा नेपाली घर, दिदीबहिनी समूह, एनआरएनए, नेःवा खल, बिडिए, आइएनएलएस, ग्लोबल फोरमलगायतका संस्थाहरुको सहआयोजनामा दसैँ–तिहार शुभकामना सांस्कृतिक साँझ कार्यक्रम सम्पन्न भएको हो ।
 
रकी माउन्टेण्ड फ्रेन्डस अफ नेपाल ओम बड्स कमिटीका सदस्य तथा समाजसेवी रोहिणी शर्माको प्रमुख आतिथ्यता तथा वरिष्ठ गायक प्रकाश श्रेष्ठ, वरिष्ठ कलाकार कृष्ण मल्ललगायत स्थानीय  कलाकारहरुमाझ उनीहरुले विभिन्न सांस्कृतिक कार्यक्रम गर्दै महान् चाड मनाएका हुन् ।
 
नेपाल र अमेरिकाको राष्ट्रिय गान तथा कार्यक्रमका प्रमुख अतिथिबाट पानसमा बत्ती बालेर सुरु गरिएको कार्यक्रममा कोलोराडोमा सक्रिय संघसंस्थाका पदाधिकारी, गन्यमान्य, व्यवसायी, बुद्धिजीवी, कलाकार, साहित्यकार, पत्रकार, नेपाल र नेपालीप्रति सद्भाव राख्ने स्थानीय अमेरिकीहरु तथा सर्वसाधारणको उपस्थिति रहेको थियो ।
 
आयोजक संस्थाका निवर्तमान अध्यक्ष विनोद त्रिपाठीले स्वागत गर्दै कोलोराडोमा नेपाली समुदायको जेठो यस संस्थाले स्थापनाकालदेखि हालसम्म नेपाली भाषा, धर्मसंस्कृति संरक्षण र पहिचानमा निरन्तरता दिइँदै आइरहेको बताउँदै अभियानमा सहयोग गर्ने सबैलाई धन्यवाद दिए । सोही मञ्चमा आयोजक संस्थाका पदाधिकारीहरुले देउसीभैलो खेली नेपाली संस्कृतिको पहिचान गराएका थिए ।
 
कार्यक्रमको दोश्रो चरणमा सांगीतिक कार्यक्रम सञ्चालन भएको थियो । स्थानीय बाल कलाकारहरुले नेपाली संगीतमा कुशल नृत्य प्रस्तुत गरेका थिए । त्यसैगरी वरिष्ठ गायक प्रकाश श्रेष्ठ तथा स्थानीय कलाकारहरु शशि रावल, रिमा होडा गुरुङ, मनोज तुलाधर, दीपक गौतम, प्रकाश पौडेललगायतका कलाकारहरुले विभिन्न लोक, आधुनिक तथा राष्ट्रिय गीतहरु गाएर सहभागीहरुलाई नचाएका थिए ।
 
कार्यक्रमलाई सफलताका साथ सम्पन्न पार्न सहयोग गर्ने दाता, कार्यक्रममा उपस्थित भई आपनो कला प्रस्तुत गर्ने सम्पूर्ण कलाकारहरुलाई आयोजक कमिटीका पदाधिकारी तथा गन्यमान्यहरुबाट खादा लगाई प्रशंसापत्र प्रदान गरी सम्मान गरिएको थियो ।
 
संस्थाका महासचिव अर्जुन बगाले र साहित्यकार तारा अधिकारीद्वारा संयुक्तरुपमा कार्यक्रम सञ्चालन गरिएको थियो । कार्यक्रमको अन्त्यमा संस्थाका अध्यक्ष तथा कार्यक्रमका सभापति टीका पौडेलले उपस्थित सबैलाई दसैँ, तिहार, छठलगायत सम्पूर्ण चाडपर्वको  शुभकामना दिँदै कार्यक्रम सफल पार्न विभिन्न माध्यमबाट सहयोग गर्ने सबैलाई धन्यवाद दिएका थिए ।