मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

बुधबार १ बजेसम्म उमेदवारले आफ्नो उमेदवारी फिर्ता लिन सक्ने

बुधबार १ बजेसम्म उमेदवारले आफ्नो उमेदवारी फिर्ता लिन सक्ने


काठमाडौँ । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उमेदवारी दिएका उमेदवारले बुधबार अपराह्नसम्म आफ्नो नाम फिर्ता लिन सक्ने भएका छन् ।  
 
बुधबार बिहान १० देखि अपराह्न १ बजेसम्म मुख्य निर्वाचन अधिृकत वा निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उमेदवार वा निजको निर्वाचन प्रतिनिधिले नाम फिर्ता लिन सक्ने निर्वाचन आयोगले जनाएको छ । 
 
उमेदवारले उमेदवारी फिर्ता लिएपछि आयोगले बुधबार अपराह्न १ देखि ३ बजेसम्म उमेदवारको अन्तिम नामावली प्रकाशन गर्नेछ । बिहीबार अपराह्न ४ देखि साँझ ७ बजेसम्म उमेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको छ । 
 
प्रतिनिधिसभातर्फ दुई हजार दुई सय ९१ पुरुष र दुई सय ३५ महिलासहित दुई हजार पाँच सय २६ जनाको उमेदवारी परेको छ । यस्तै प्रदेशसभातर्फ तीन हजार एक सय ७८ पुरुष, दुई सय ९७ महिला र एक अन्य गरी तीन हजार चार सय ७६ जनाको उमेवारी परेको आयोगले जनाएको छ । 
 
आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि आइतबार उमेदवारको मनोनयनपत्र दर्ता भएको थियो । सोही दिन बेलुका आयोगले मनोनयनपत्र दर्ता भएको उमेदवारको सूची प्रकाशन गरेको थियो ।