मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

आठ बर्ष नेपालमा बसेकी प्रथम महिला राजदूत क्यारोल

आठ बर्ष नेपालमा बसेकी प्रथम महिला राजदूत क्यारोल

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपालका लागि अमेरिकी राजदूत रहेका र्‍याण्डी बेरीले हालै मात्र आफ्नो चार वर्षे कार्यकाल पूरा गरेर अमेरिका फर्किएका छन् । अमेरिका सरकारले नेपालका लागि नयाँ राजदूतमा डिन थम्पसनलाई नियुक्त गरिसकेको छ ।
 
बेरीले नेपालबाट आफ्नो कार्यकाल पूरा गर्नासाथ उनलाई नामिबियाका लागि राजदूत नियुक्त गरिएको छ । बेरी नेपालबाट अमेरिका फर्किसके अब उनी नामिबिया जानेछन् । नेपालका लागि नवनियुक्त राजदूत थम्पसन अबको केही हप्ता पछि मात्र काठमाण्डौं पुगेर जिम्मेवारी सम्हाल्नेछन् ।
 
२५ अक्टोबर २०१८ मा नेपालका लागि नियुक्त भएका बेरीले आफ्नो ४ बर्षे लामो कार्यकाल पूरा गरि यहि २ अक्टोबरमा अमेरिका फर्किए । नेपालमा नियुक्त भएका अमेरिकी राजदूतहरु मध्ये सन् १९९७ पछि सबैभन्दा लामो ४ बर्षे कार्यकाल पूरा गर्ने राजदूत बेरी हुन । त्यसअघि सन् १९९७ मा नियुक्त राजदूत राल्फले सन् १९९७-२००१ सम्म ४ बर्ष लामो कार्यकाल पूरा गरेका थिए । त्यस पछिका अन्य ६ जना राजदूतहरुले कम्तीमा एक देखि बढीमा ३ बर्ष लामो कार्यकाल मात्र पूरा गरेका थिए ।
 
हाल सम्म नेपालका लागि नियुक्त भएका अमेरिकी राजदूतहरु मध्ये सबैभन्दा लामो ८ बर्षे कार्यकाल पूरा गर्ने अमेरिकी राजदूत क्यारोल सी. लेस हुन् । नेपालका लागि पहिलो अमेरिकी महिला राजदूतका रुपमा नियुक्त हुँदा उनी अविवाहित थिइन् । सन् १९१७ मा जन्मिएकी उनलाई राष्ट्रपति लिण्डेन जोन्सनको प्रशासनले सन् १९६६ डिसेम्बरमा नेपालका लागि राजदूत नियुक्त गर्दा उनको उमेर ४९ बर्ष थियो । तर अविवाहित नै थिइन् । 
फोटो स्रोत: Bob Nichols/ Peace Corps Photos

फोटो स्रोत: Bob Nichols/ Peace Corps Photos
उनी नेपालमा राजदूत नियुक्त भएको करिव एक महिना पछि सन् १९६७ जनवरीमा उनले अमेरिकी राजदूत एल्सवर्थ बंकर संग बिबाह गरेकी थिइन् । बंकर त्यतिबेला एम्ब्यास्डर एट् लार्ज थिए । पछि केही महिना पछि उनी दक्षिण भियतनामका लागि राजदूत थिए । राष्ट्रपति जोन्सनका लागि ती बंकर खास मानिस थिए ।  किनभने पछि उनलाई काठमाण्डौंबाट त्यति टाढा भियतनामका लागि नियुक्त गर्दा उनलाई आफ्नी पत्नी क्यारोल भेट्नका लागि महिनामा एकपटक बिशेष विमानबाट काठमाण्डौं आउने सुविधा दिइएको थियो । 
 
राजदूत बंकर सन् १९५६-५९ सम्म नेपालका लागि समेत अमेरिकाको राजदूत भईसकेका थिए । जतिबेला नेपालमा अमेरिकाको राजदूतावास खुलेकै थिएन र दिल्लीमा रहेका राजदूतले नेपाल पनि हेर्दथे त्यतिबेला बंकर नेपालका लागि राजदूत थिए। सन् १९५९ अगस्टमा मात्र नेपालमा अमेरिकाको राजदूतावास खुलेको हो । 
 
सन् १९६७ जनवरीमा नेपालमा रहेकी अमेरिकी राजदूत क्यारोल र एम्बास्डर एट् लार्ज बंकरको बिहे हुँदा बंकरको उमेर ७२ बर्ष र क्यारोलको उमेर ५० बर्ष हाराहारी थियो होला । त्यो बिहेले त्यतिबेला संसारको ध्यान खिचेको थियो । किनकी त्यो अमेरिकाको इतिहासमा त दुईजना बहालवाल अमेरिकी राजदूतहरुको बिहे पहिलोपटक हुँदै थियो । त्यस्तै सारा संसारमा पनि त्यो एउटै मुलुकका दुईवटा बहालवाला अमेरिकी राजदूतहरुको बिहे भएको सम्भवतः त्यही नै पहिलो घटना थियो ।
 
दक्षिण भियतनामबाट बिशेष विमानमा सवार भएर काठमाण्डौंमा रहेकी पत्नी क्यारोललाई भेट्न आउने बंकरको शैली समेत त्यतिबेला सारा संसारका लागि आश्चर्यको बिषय थियो । क्यारोल नेपालमा सन् १९६६-७२ सम्म लगातार ८ बर्ष नेपालमा रहंदा उनले पब्लिक डिप्लोमेसीलाई खुबै बढावा दिईन् । उनले पति बंकर सहित वा एक्लै आफ्नो दूतावासका कर्मचारी सहित नेपालको तराई देखि पहाडका धेरै जिल्लाहरुको भ्रमण गरिन् । नेपालका लागि राजदूत रहँदा विदामा अमेरिका गएका बेला पनि उनले विभिन्न विश्वविद्यालय देखि सार्वजनिक मञ्चहरुमा नेपालबारे  धेरै प्रवचन दिईन् । जसले गर्दा त्यस्तो सार्वजनिक मञ्चबाट अमेरिकाका विभिन्न तप्का सहित संसारभर उनले नेपालको प्रचार गरिन् । 
 
नेपालका लागि नियुक्त भएका अमेरिकी राजदूतहरु मध्ये सबैभन्दा लामो ८ बर्षे कार्यकाल सम्पन्न गरि सन् १९७३ मा अमेरिका फर्किएकी उनले त्यसपछि पनि अमेरिकामा विभिन्न जिम्मेवारीहरु निर्वाह गरिन् । सन् १९७३ देखि उनी पब्लिक अफेयर्सकी सेक्रेटरी सेक्रेटरी अफ स्टेट रहिन् । त्यस्तै सन् १९७४ देखि १९७७ मा सेवाबाट अवकाश नपाए सम्म उनी फरेन अफेयर्स कि डाइरेक्टर जनरलका रुपमा रहिन् । सन् १९९१ मा ७४ बर्षमा उनको निधन भएको थियो ।
 
क्यारोल नेपालका लागि पहिलो अमेरिकी महिला राजदूत थिइन् । उनी पछि सन् १९७६ मा मार्क्वेटा मेट्याग र सन् १९८९ मा जुलिया चाङ ब्लक महिला राजदूतका रुपमा नेपालमा नियुक्त भएका थिए । 
 
नेपालमा आफ्नो ४ बर्षे कार्यकाल सफलता पूर्वक सम्पन्न गरेकोमा र्‍याण्डी बेरीलाई धन्यवाद र नेपालका लागि नव नियुक्त अमेरिकी राजदूत डिन थम्पसनलाई हार्दिक बधाई सहित सफलताको कामना।