मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

युक्रेनका केही भाग गाभ्ने रुसी निर्णयको फ्रान्स र अमेरिकाद्वारा तीव्र आलोचना

युक्रेनका केही भाग गाभ्ने रुसी निर्णयको फ्रान्स र अमेरिकाद्वारा तीव्र आलोचना


पेरिस । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले शुक्रबार युक्रेनी भू–भाग रुसद्वारा गाभिएको कार्यको निन्दा गर्दै यसलाई अन्तरराष्ट्रिय कानुन र युक्रेनी सार्वभौमसत्ताको गम्भीर उल्लङ्घन भएको बताएका छन् ।
 
उनले यो कदमको फ्रान्सले विरोध गरेको र आफ्नो भू–भाग फिर्ता लिन रुसविरुद्धको युद्धमा युक्रेनको साथमा रहेको समेत प्रतिबद्धता व्यक्त गरेका छन् । उनले ट्वीट गर्दै लेखेका छन्,– रुसको चार युक्रेनी क्षेत्र गाँभ्ने कदम अवैध भएको, यसले अन्तर्राष्ट्रिय कानुन र युक्रेनी सार्वभौमिकताको गम्भीर उल्लङ्घन” गरेको बताएका छन् ।
 
“फ्रान्सले यसको विरोध गर्दछ, रुसी आक्रमणको सामना गर्न र युक्रेनलाई आफ्नो सम्पूर्ण भू–भागमा पूर्णस्वामित्व स्थापित गर्न, सार्वभौमसत्ता पुनःप्राप्त गर्ने कदममा युक्रेनको साथमा उभिनेछ,” उनले ट्वीटरमा लेखेका छन् ।
 
रुसी कदमको पश्चिमबाट व्यापक आलोचना
 
राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको चार क्षेत्रलाई विलय गर्ने घोषणा गरेपछि संयुक्त राज्य अमेरिकाले शुक्रबार रुसलाई “छिटो र गम्भीर मूल्य” चुकाउनुपर्ने चेतावनी दिएको छ । 
 
उक्त कदमलाई “अवैध“ भन्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकाले सधैँ युक्रेनको अन्तरराष्ट्रिय मान्यता प्राप्त सिमानाको सम्मान गर्ने र सैन्य र कूटनीतिकरूपमा आफ्नो देशलाई बलियो बनाएर आफ्नो क्षेत्रको नियन्त्रण पुनःप्राप्त गर्ने युक्रेनी प्रयासलाई समर्थन जारी राख्ने  बताएका छन् । एएनआई