प्रवास / विश्व

युक्रेनका प्रान्त रुसमा गाभेको दाबी टर्कीद्वारा अस्वीकार

प्रकाशित |
इस्तानबुल । टर्कीले शनिबार रुसले युक्रेनी चार प्रान्तहरू गाभ्नु अन्तरराष्ट्रिय कानुनको गम्भीर उल्लङ्घन भएको भन्दै द्वन्द्व अन्त्य गर्न वार्ताको लागि आह्वान गरेको छ । 
 
सन् २०१४ मा क्रिमियालाई गाभेको रुसले शुक्रबार लुगान्स्क, डोनेस्क, खेर्सन र जापोरिज्जियालाई आफ्नो क्षेत्रको हिस्सा घोषणा गरेपछि अङ्काराले रुसले सन् २०१४ मा गरेको क्रिमियालाई मान्यता नदिएको विदेश मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।
 
टर्कीले २०१४ मा एक अवैध जनमतसङ्ग्रहका नाममा रूसले क्रिमिया गाभेको भए पनि टर्कीले मान्यता नदिएको र हरेक अवसरमा युक्रेनको क्षेत्रीय अखण्डता, स्वतन्त्रता र सार्वभौमिकतालाई बलियो समर्थनमा जोड दिएको टर्कीको दाबी छ । 
 
त्यसैगरी टर्कीले  युक्रेनका केही भाग शुक्रबारमात्र रुसले गाभेको दाबीलाई अन्तर्राष्ट्रिय कानुनको स्थापित सिद्धान्तको विपरीत रहेको जनाएको छ । 
 
नेटो सदस्य टर्कीले सात महिनाको द्वन्द्वमा तटस्थ रहन प्रयास गरेको छ र रुसविरुद्ध पश्चिमी प्रतिबन्धहरूमा सामेल हुनबाट जोगिएको छ ।  
 
टर्की रूसी तेल र ग्यासमा निर्भर छ जबकि टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान मस्कोसँग व्यापार बढाउन इच्छुक छन् किनभने उनले अर्को जुनमा हुने चुनावअघि खस्किएको अर्थतन्त्रलाई स्थिर पार्ने प्रयास गरिरहेका छन् ।  
 
एर्दोगानले गत महिना उज्बेकिस्तानमा भएको क्षेत्रीय शिखर सम्मेलनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट गरेका थिए । 
 
तर, टर्कीले संयुक्त राज्य अमेरिकाबाट बारम्बार चेतावनी प्राप्त गरेपछि रुसको मिर भुक्तानी प्रणाली प्रयोग गरी गरिएको प्रशोधन लेनदेनहरू बन्द गर्ने कि नगर्ने भनेर विचार गरिरहेको छ । एएफपी

हिमालय खबर

हिमालय खबर -

थप »

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया