मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

गार्मेन्ट उद्योग सञ्चालक मोहम्मद हत्यामा संलग्न रहेको आरोपमा योजनाकारसहित तीन पक्राउ

गार्मेन्ट उद्योग सञ्चालक मोहम्मद हत्यामा संलग्न रहेको आरोपमा योजनाकारसहित तीन पक्राउ


काठमाडौँ । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–८, गोठाटारस्थित एडभेञ्चर इन्टरप्राइजेज गार्मेन्ट उद्योगका सञ्चालक सर्लाहीका ५८ वर्षीय मोहम्मद दर्जीको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । 
 
यही असोज ३ गते राति मोटरसाइकलमा आएका एक समूहले गोली प्रहार गरी उनको हत्या गरेर फरार भएका थिए । 
 
उक्त घटनाका सम्बन्धमा प्रहरीको विशेष टोलीद्वारा अनुसन्धानका विधि र प्रविधि प्रयोग गरी अनुसन्धान गर्ने क्रममा उक्त घटनामा सङ्लग्न रहेको खुलेपछि उनीहरुलाई पक्राउ गरिएको काठमाडौँ उपत्यका प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भरतकुमार बोहराले जानकारी दिए । 
 
उनका अनुसार पक्राउ पर्नेमा पर्साको वीरगञ्जका २१ वर्षीय महोरम मिया, सोही जिल्लाका १९ वर्षीय रेहान मिया र मकवानपुरको बकैया घर भइ काठमाडौँ बस्ने सुमी भन्ने सुस्मिता स्याङ्तान छन् । उनीहरुमध्ये महोरम र रेहान भने सो घट्नाका योजनाकार र हतियार व्यवस्थापक रहेको खुल्न आएको छ । 
 
स्याङतान भने दर्जीको गतिविधि निगरानी गर्ने कार्यमा सङ्लग्न रहेको पाइएको छ । उनीहरु यसअघि चोरी मुद्दामा दोषी ठहर भई कैद भुक्तान गरेका व्यक्ति खुलेको छ । उनीहरुविरुद्ध  ‘मुलुकी अपराधसंहिता २०७४को परिच्छेद–१२ को ज्यानसम्बन्धी कसूर’ मा जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान गरिरहेको छ । रासस