मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

रुसी आक्रमणमा २३ युक्रेनी नागरिकको मृत्यु

रुसी आक्रमणमा २३ युक्रेनी नागरिकको मृत्यु


किभ । युक्रेनले शुक्रबार मस्कोलाई दक्षिणी जापोरिज्जिया क्षेत्रमा नागरिक कारहरुमा गोली हानेको आरोप लगाएको छ । यसमा परी कम्तीमा २३ सर्वसाधारणको ज्यान गएको बताइएको छ । 

यस आक्रमणमा परी २८ सर्वसाधारण घाइते भएका जापोरिज्जिया क्षेत्रीय गभर्नर ओलेक्जेन्डर स्टारुखले बताएका छन् ।  

 
जापोरिज्जिया रुसी कब्जामा रहेको क्षेत्रका क्रेमलिन समर्थक अधिकारीले किभलाई दोष दिए र आक्रमणको पछाडी रुसी सेनाको हात रहेको अस्वीकार गरेका छन् । 
 
भ्लादिमिर रोगोभले सामाजिक सञ्जालमा युक्रेनी सेनालाई ‘आतङ्कवादी कार्य’ गरेको आरोप लगाउँदै भने, “किभको शासनले रुसी सेनाले गरेको गोलाबारीलाई जघन्य उत्तेजनाको रूपमा चित्रण गर्ने प्रयास गरिरहेको छ ।’ 
 
जापोरिज्जियाका गभर्नरले भने कि रुसी सेनाले ‘क्षेत्रीय केन्द्रबाट बाहिर निस्कने बाटोमा नागरिकहरुमाथि रकेट आक्रमण गरे’।

‘मानिसहरू अस्थायीरूपमा कब्जा गरिएको इलाका छोड्न, आफ्ना आफन्तहरूलाई लिन र सहयोग लिन लाइनमा उभिरहेका थिए,’ उनले सामाजिक सञ्जालमा भनेका छन् । एएफपी