मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

भ्रष्टाचारको प्रभाव कम्युनिस्ट आन्दोलनमा देखा पर्दैछ : अध्यक्ष नेपाल

भ्रष्टाचारको प्रभाव कम्युनिस्ट आन्दोलनमा देखा पर्दैछ : अध्यक्ष नेपाल


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले समाजमा विद्यमान भ्रष्टाचारको अन्त्य गर्न जरुरी रहेको बताएका छन् । 
 
अखिल नेपाल महिला संघ समाजवादीद्वारा विभिन्न पर्वका अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले राजनीतिक र प्रशासनिक क्षेत्रमा भइरहेका भ्रष्टाचारले अन्तर्राष्ट्रिय तहमा नेपालको छवि नकारात्मक बनेको बताए । 
 
राजनीतिमा फैलिएको यस्तो रोग कम्युनिष्ट आन्दोलन र आफ्नो पार्टीमा पनि देखापरेको उनको भनाइ थियो । “अवसर पाइन्न भन्ने लाग्यो भने तुरुन्तै अन्तै हाम फल्ने प्रवृत्ति देखिएको छ । यी सबै चिजबाट होसियार हुनुपर्छ”, उनले भने, “हाम्रो मुख्य उद्देश्य नै समाजवाद हो । सबै खालका विभेद, अन्याय अत्याचार, अन्त्य गर्नुपर्छ । त्यसका लागि शक्ति निर्माण गर्नुपर्छ ।”
 
पार्टीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले राज्यका हरेक तहमा महिला प्रतिनिधित्व वृद्धि गर्न र आसन्न चुनावमा उनीहरुको उम्मेदवारी बढाउन माग गरे । रासस