मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

डेङ्गु सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ३८ पुग्यो, २८ हजार बढी सङ्क्रमित

डेङ्गु सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ३८ पुग्यो, २८ हजार बढी सङ्क्रमित


काठमाडौँ । डेङ्गुको सङ्क्रमणबाट यसवर्ष मृत्यु हुनेको संख्या ३८ पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार असोज १३ गतेसम्म संक्रमितको संख्या २८ हजार १०९ र मृतकको संख्या ३८ पुगेको हो । 
 
हालसम्मको तथ्यांकअनुसार सबैभन्दा धेरै वाग्मती प्रदेशमा २१ हजार ९७५ जनामा डेङ्गुको सङ्क्रमण पुष्टि भएको छ ।
 
त्यस्तै, प्रदेश १ मा ८२९, मधेस प्रदेशमा ४१३, गण्डकीमा ६७७, लुम्बीनीमा ३ हजार १२५, कर्णालीमा २३८ र सुदूरपश्चिम प्रदेशमा ८५० जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ ।  
 
नेपालमा डेङ्गु सङ्क्रमण नियन्त्रणबाहिर गइसकेकाले अबको विकल्प लामखुट्टे निर्मूल अभियान नै भएको विज्ञहरु बताउँछन् । त्यसका लागि सरकारका सबै तह र जनस्तरबाट घर कार्यालय, शैक्षिक क्षेत्र तथा बजार क्षेत्रमा लामखुट्टे निर्मूल गर्न अभियान नै चलाउनुपर्नेमा विज्ञहरुको जोड छ । बाह्रखरी