मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

एकल महिलामाथि हुने हिंसा अन्त्यका लागि कानुन कार्यान्वयनमा जोड

एकल महिलामाथि हुने हिंसा अन्त्यका लागि कानुन कार्यान्वयनमा जोड


काठमाडौँ । राष्ट्रिय महिला आयोगका पदाधिकारी र यस क्षेत्रमा कार्यरत गैरसरकारी संस्थाका प्रतिनिधिले एकल महिलामाथि हुने सबै किसिमका हिंसा अन्त्यका लागि कानुनको प्रभावकारी कार्यान्वयनमा जोड दिएका छन् ।
 
आयोगले बिहीबार आयोजना गरेको कार्यक्रममा उनीहरुले समयसापेक्ष कानुनको निर्माण र त्यसको कार्यान्वयनको आवश्यकता औँल्याएका हुन् ।
 
आयोगकी अध्यक्ष कमलाकुमारी पराजुलीले एकल महिलाले विगतदेखि भोग्दै आएको हिंसाले अझै निरन्तरता पाएकाले अन्त्यका लागि सबै मिलेर लाग्नुपर्ने बताइन् ।
 
एकल महिलाले समाज, परिवारमा भोग्दै आएको विभेदले अझै हाम्रो समाजमा पुरातन सोचमा परिवर्तन नआएको उनको भनाइ थियो । अध्यक्ष पराजुलीले समानताका लागि बनाइएका कानुन कार्यान्वयन गराउँदा एकल भएकै आधारमा महिलामाथि विभेद हटाउन सकिने बताइन् ।
 
आयोगका सदस्य कृष्णकुमारी खतिवडाले एकल महिलमाथि हिंसा जारी रहनु दुःखद् भएको बताइन् । उनले एकल महिलामाथि हुने सबै किसिमका हिंसा अन्त्य हुनुपर्ने धारणा राखिन् ।
 
एकल महिला समूहकी अध्यक्ष कविता पाण्डेले एकल महिला सम्पत्ति र स्वतन्त्रताको अधिकार प्रयोग गर्नबाट वञ्चित भएको धारणा राखिन् । रासस