मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

हिमालयखबर र बाह्रखरी बीच सहकार्यको सम्झौता

हिमालयखबर र बाह्रखरी बीच सहकार्यको सम्झौता

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बाह्रखरी मिडिया र अमेरिकाबाट सञ्चालित हिमालयखबरबीच समाचारमा सहकार्य गर्ने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।
 
बाह्रखरी मिडियाका प्रबन्ध निर्देशक ज्ञानेश्वर आचार्य र हिमालयखबरका प्रबन्ध सम्पादक विकासराज न्यौपानेले हस्ताक्षर गरेका छन् ।
 
सम्झौताअनुसार बाह्रखरी मिडिया र हिमालयखबरले उत्पादन गरेका समाचार सामग्रीहरू एक अर्काले प्रयोग गर्न सक्नेछन् । 
 
विचार, सम्पादकीय, ब्लगलगायतका सामग्रीहरु पनि एक अर्काले प्रकाशित गर्न सक्नेछन् ।
 
दुवै सञ्चारगृहले संयुक्तरुपमा खोजी समाचार, सामाजिक, राजनीतिक, खेल तथा अन्य समाचारमा सहकार्य गर्न सक्नेछन् ।
 
बाह्रखरीले हिमालयखबरको अमेरिकामा रहेको कार्यालयमा आफ्नो शाखा स्थापना गर्न सक्नेछ भने हिमालयखबरले पनि बाह्रखरीको कार्यालयमा शाखा स्थापना गर्नेछ ।
 
दुवै सञ्चारगृहले कुनै पनि कार्यक्रम संयुक्तरुपमा आयोजना गर्न सक्नेछन् भने दुवै सञ्चारगृहले एकअर्काको समाचार प्रयोग गर्दा पूर्णरुपमा स्रोत खुलाउनेछन् ।
 
तर तेस्रो पक्षबाट लिइएका समाचार भने प्रयोग गर्न पाइने छैन । 
 
सोमबार बाह्रखरी कार्यालयमा सम्झौतापत्रमा हस्ताक्षर गर्दै बाह्रखरी मिडियाका प्रबन्ध निर्देशक ज्ञानेश्वर आचार्यले दुवै सञ्चारगृहबीच भएको समझदारीले मिडिया क्षेत्रमा नयाँ ढोका खुल्ने बताए ।
 
उनले हिमालयखबरसँग सहकार्य गर्न पाउँदा आफूहरुलाई पनि खुसी लागेको भन्दै आगामी दिनमा दुवै सञ्चारगृहले सामूहिक कार्यक्रम गर्न सकिने पनि बताए ।
 
त्यसैगरी हिमालयखबरका प्रबन्ध सम्पादक न्यौपानेले बाह्रखरीसँग सहकार्य गर्न पाउँदा आफू र आफ्नो टिम पनि गौरवान्वित रहेको उल्लेख गर्दै यो समझदारीले नयाँ ढोका खोलेको बताए ।