मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

‘म भित्रको म’ लोकार्पण

‘म भित्रको म’ लोकार्पण

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कोलोराडो (अमेरिका) । साहित्यकार तारा अधिकारीको ‘म भित्रको म’ कविता सङ्ग्रहको गृह लोकार्पण कोलोराडोको नर्थग्लेन शहरमा एक औपचारिक कार्यक्रमबीच सम्पन्न भयो । 
 
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कोलोराडो शाखाले आयोजना गरेको उक्त कार्यक्रममा वरिष्ठ गायक हिरण्य भोजपुरे, अनेसास बोर्ड अफ ट्रष्टिजका उपाध्यक्ष पदम विश्वकर्मा, साहित्यकार प्रमिला शर्मा, गायिका नीलम श्रेष्ठ, तबलावादक नवीन श्रेष्ठ, संचारकर्मी सरिता गुरुङ, सामाजिक अभियन्ता धर्मराज श्रेष्ठ, अनेसास कोलोराडो शाखा सल्लाहकार रमेश गुरुङ, लेखिकाको पारिवारिक सदस्य शान्तादेवी अधिकारी तथा अनेसास कोलोराडो शाखाको अध्यक्ष राजु सिटौलाको हातबाट उक्त कृतिको लोकार्पण गरिएको थियो । 
 
अनेसास, कोलोराडो शाखाको अध्यक्ष सम्झना आचार्यले कार्यक्रमका आगन्तुकहरूलाई स्वागत गर्नुभएको थियो । 
यसैगरी अनेसास बोर्ड अफ ट्रष्टिजका उपाध्यक्ष पदम विश्वकर्माले लेखिकाको परिचय प्रस्तुत गर्नुभएको थियो ।  अनेसास कोलोराडो शाखाको सल्लाहकार डा. विजयराज शर्माले कृतिमाथि समालोचकीय मन्तव्य व्यक्त गर्नुभएको थियो भने कलाकार निर्मल प्याकुरेलले कृतिको कलात्मक पक्षको चर्चा गर्नुभएको थियो । 
 
साहित्यकार तारा अधिकारीले लेखकीय मन्तव्य व्यक्त गर्दै कृति प्रकाशनको लागि प्रेरणा दिने र सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
 
कार्यक्रममा विभिन्न संस्थाका प्रतिनिधि तथा व्यक्तित्वहरूले लेखिकालाई पुष्पगुच्छा तथा खादा लगाएर शुभकामना दिएका थिए । यसरी शुभकामना व्यक्त गर्नेहरुमा वरिष्ठ गायक हिरण्य भोजपुरे, गीतकार ज्ञानेन्द्र गदाल, रकी माउन्टेन फ्रेन्डस अफ नेपालका अध्यक्ष टिका पौडेल, नेपाली घरका अध्यक्ष जगदीशचन्द्र ढकाल, एनआरएनए कोलोराडो च्याप्टरका अध्यक्ष आरसी पन्त, दिदीबहिनी समूहको संयोजक धन पौडेल र अन्य सदस्यहरू, कोलोराडो नेवा: खल: का महासचिव मनोज तुलाधर, नायक नवराज श्रेष्ठ, संचारकर्मी मनिषा घिमिरे आदी हुनुहुन्थ्यो ।

  
कार्यक्रमको दोस्रो चरणमा साहित्यिक रचनाहरू वाचन गरिएको थियो । यसरी रचना वाचन गर्नेहरूमा रमेश गुरुङ, बासुदेव खनाल, डा. भीमप्रकाश कट्टेल, दामोदर लुइटेल, मिलन कोइराला, लाल चौलागाईं, सीता सापकोटा, विभा अधिकारी, मिना पौडेल, पुष्पराज पौडेल, सम्झना आचार्य र डा. शारदा त्रिपाठी हुनुहुन्थ्यो । कार्यक्रमको संचालन अनेसास, कोलोराडो शाखाको महासचिव किरण अधिकारीले गर्नुभएको थियो भने कार्यक्रमको सभापतित्व अनेसास, कोलोराडो शाखाको अध्यक्ष राजु सिटौलाले गर्नुभएको थियो ।