मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

पाकिस्तानमा मनसुनी वर्षा र बाढीको कारण १६३८ जनाको मृत्यु

पाकिस्तानमा मनसुनी वर्षा र बाढीको कारण १६३८ जनाको मृत्यु


इस्लामाबाद । पाकिस्तानमा यस वर्षको मनसुनी वर्षा र बाढीका कारण मृत्यु हुनेको सङ्ख्या १६३८ पुगेको छ । यस प्रकोपमा परी पाकिस्तानमा १२ हजार आठसय ६५ घाइते भएका राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरण (एनडिएमए)ले जनाएको छ ।
 
एनडिएमएले जारी गरेको प्रतिवेदनअनुसार देशमा छुट्टाछुट्टै वर्षा वा बाढीसम्बन्धी दुर्घटनामा ज्यान गुमाउनेमा पाँच सय ८८ बालबालिका र तीन ३२ महिला रहेका छन् ।
 
देशको दक्षिणी प्रान्त सिन्ध यस प्रकोपबाट सबैभन्दा प्रभावित भएको जनाइएको छ । सिन्ध प्रान्तमा यस प्रकोपमा परी सात सय ४७ जनाको मृत्यु भएको छ । 
 
त्यसपछि दक्षिणपश्चिम बलुचिस्तान र उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तमा क्रमशः ३२३ र  जनाको मृत्यु भएको छ । 
 
यसबाहेक, पाकिस्तानका विभिन्न भागमा २० लाख ४९ हजार पाँच सय ३२ घर ध्वस्त भएका छन् । एघार लाख २० हजार २६१ पशुधनको मृत्यु भएको प्रतिवेदनले जनाइएको छ ।
 
बाढीबाट करिब तीन करोड ३० लाख ४६ हजार ३२९ मानिस र ८४ जिल्ला प्रभावित भएका छन् । यस वर्ष जारी रहेको यस प्रकोपमा परी १३ हजार ७४ किलोमिटर लामो सडक र ४१० पुलमा क्षति पुगेको प्रतिवेदनमा उल्लेख छ । सिन्ह्वा