मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

राष्ट्रिय गानका रचनाकार व्याकुल माइलालाई ‘डा एपिजे अब्दुल कलाम सम्मान’ दिइने

राष्ट्रिय गानका रचनाकार व्याकुल माइलालाई ‘डा एपिजे अब्दुल कलाम सम्मान’ दिइने


काठमाडौँ । भारतको डा एपिजे अब्दुल कलाम फाउन्डेसनले नेपाली राष्ट्रिय गानका रचनाकार व्याकुल माइला (प्रदीपकुमार राई)लाई उनले कविता र साहित्यमा उत्कृष्ट दिएको योगदानको मूल्याङ्कन गर्दै ‘डा एपिजे अब्दुल कलाम अवार्ड २०२२’ प्रदान गर्ने भएको छ ।
 
फाउन्डेसनले भारतका पूर्वराष्ट्रपति कलामको ९१ औँ जन्मजयन्तीका अवसरमा आगामी १५ अक्टोबर (असोज २९ गते) पश्चिम बङ्गालमा हुने कार्यक्रममा माइलालाई सम्मान ग्रहणका लागि निमन्त्रणा पठाइएको छ । 
 
समारोहमा भारत र नेपालका संस्कृतिकर्मीबाट सांस्कृतिक, साहित्यिक र सामाजिक गतिविधि हुने जनाइएको छ ।
 
यसैबीच, नेपाल सरकारको मन्त्रिपरिषद्को यही असोज ७ गतेको बैठकले उनको सहज जीवनयापनका लागि मासिक रु २५ हजार भत्ता उपलब्ध गराउँदै आएकामा उक्त रकमका वृद्धि गरी मासिक रु ५० हजार उपलब्ध गराउने निर्णय गरेकोमा स्रष्टा राईले सरकारलाई धन्यवाद दिएका छन् । 
 
गणतन्त्र स्थापनापछि २०६३ सालमा गठित राष्ट्रिय गान चयन कार्यदलको सिफारिस बमोजिम माइलाको ‘सयौँ थुङ्गा फूलका हामी…’ छनोट भएको थियो । रासस