मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वास्थ्य / विचित्र संसार   

स्वास्थ्य सेवामा विद्यार्थीलाई ५० प्रतिशत छूट दिने सरकारको निर्णयको स्वागत

स्वास्थ्य सेवामा विद्यार्थीलाई ५० प्रतिशत छूट दिने सरकारको निर्णयको स्वागत


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियुले स्वास्थ्य सेवामा विद्यार्थीलाई ५० प्रतिशत छूट दिन सरकारले गरेको निर्णयको स्वागत गरेको छ । 
 
काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले विद्यार्थी परिचयपत्रको आधारमा ५० प्रतिशत छूट दिन सरकारले गरेको व्यवस्थाले विद्यार्थी लाभान्वित हुने हुँदा यस कार्यको स्वागत गर्दै सङ्गठनले सरकारलाई धन्यवाद दिने बताए । 
 
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको असोज ९ गतेको मन्त्रिस्तरीय निर्णयअनुसार सरकारी अस्पतालको ओपिडी सेवामा विद्यार्थीलाई छूट दिने व्यवस्था गरिएको छ । 
 
अनेरास्ववियुका प्रवक्ता मिलन राईका अनुसार अनेरास्ववियुले गत साउन ४ गते स्वास्थ्य सेवामा विद्यार्थीलाई ५० प्रतिशत छूट माग्दै स्वास्थमन्त्री भवानी खापुङसमक्ष ज्ञापनपत्र पेश गरेको थियो । 
 
गत भदौ ३० गते यस विषयमा संवेदनशील बन्न मन्त्रालयलाई आग्रह गरेको थियो । सरकारले निर्णय गरेपछि अब विद्यार्थीले छूट पाउने जनाइएको छ । रासस