मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

धार्मिक अभियन्ता प्रेमनिधि भारद्वाजले तोडे अनशन

धार्मिक अभियन्ता प्रेमनिधि भारद्वाजले तोडे अनशन


चितवन । आमरण अनशनरत धार्मिक अभियन्ता प्रेमनिधि भारद्वाजले शुक्तबार अनशन तोडेका छन् । श्री गण्डकी–नारायणी संरक्षण महाआरती परिषद्को आह्वान्मा नारायणी नदीकिनारमा आमरण तथा रिले अनशन सुरू भएको थियो ।  
भरतपुर महानगर प्रमुख रेनु दाहालले उनका स्थानीय मागहरु सम्बोधन गरेसँगै भारद्वाजले प्रमुख दाहाल र हरिहर सन्यास आश्रम देवघाटका पीठाधीश एक हजार आठ स्वामी नेपाल सन्त समाजका अध्यक्ष ज्ञानानन्द सरस्वतीको हातबाट गंगाजल पिएर अनशन तोडेका हुन् । 
उनले अनशन तोडेसँगै विश्व हिन्दु महासंघ तथा आयोजक संस्थाले आन्दोलनका कार्यक्रम स्थगित गरेको छ । यही असोज ९ गते हुने भनिएको विशाल प्रदर्शनसमेत स्थगित गरिएको विश्व हिन्दु महासंघका केन्द्रीय सदस्य टंकनाथ पौडेलले बताए ।  भारद्वाज स्थानीय तीनवटा र राष्ट्रिय छवटा माग राखेर असोज १ गतेदेखि नारायणी नदीकिनारमा अनशन बसेका थिए । 
आयोजक समितिका तर्फबाट संघर्ष समितिका प्रमुख सल्लाहकार टंकनाथ पौडेल र सदस्य प्रकाश सिग्देल रहेको दुई सदस्य टोली र महानगरका तर्फबाट महानगर प्रमुख रेनु दाहालबीच महानगरमा दुई पक्षीय वार्ता गरेर माग सम्बोधन गर्ने प्रतिबद्धता भएसँगै मेयर दाहाल आफैँ अनशन स्थलमा पुगेर लिखित तथा मौखिकरूपमा माग सम्बोधन गरेपछि भारद्वाजलाई अनबन तोडाइएको संघर्ष समितिका प्रवक्ता धु्रव मिश्रले बताए ।
मेयर दाहालले गंगाआरतीका लागि सुरक्षित स्थान निर्माण गर्ने, स्नानघाट निर्माण गर्ने, नियमित आरतीका लागि मासिक शुल्क उपलब्ध गराउने र गुरुकुलका बालबालिकाका लागी आवश्यक छात्रवृत्ति उपलब्ध गराउने प्रतिबद्धता जनाइन् । 
आफ्ना मागहरु स्थानीय सरकारले पाँच दिनसम्म कार्यान्वयन नगरे आफू असोज १५ गतेबाट पुनः आमरण अनशन बस्ने भारद्वाजले बताए ।
हिन्दुत्वको रक्षाको अभियान भएकाले यो अभियानले निरन्तररूपमा अगाडि बढाइने विश्व हिन्दु महासंघका केन्द्रीय सदस्य टंकनाथ पौडेलले बताए ।

मागहरु सम्बोधन गरेर अनशनरत भारद्वाजको जीवनरक्षा गरेको भन्दै संघर्ष समितिका संयोजक शान्त पोख्रेलले भरतपुर महानगरलाई धन्यवाद दिँदै आगामी दिनमा हिन्दु धर्मको रक्षा र संरक्षण गर्न लाग्न आग्रह गरे । सो अभियानलाई १२० बढी धार्मिक संघसंगठन तथा जिल्लाका राजनीतिक दलहरुले प्रतिबद्धता जनाएका थिए ।