मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

जि सेभेनद्वारा रुसको बढ्दो कदमको निन्दा

जि सेभेनद्वारा रुसको बढ्दो कदमको निन्दा


मेरिका । जि सेभेनका विदेश मन्त्रीहरुले युक्रेनमा युद्धका लागि आंशिक सेना परिचालन गर्ने राष्ट्रपति भ्लादिमिर पुटिनको कदमपछि रुसविरुद्ध थप प्रतिबन्धहरु लगाउने बताएका छन् । 
 
सात समूहका मन्त्रीहरूले रुसको यस बढ्दो कदमहरूको निन्दा गरेको छ ।  यस सेनाको आंशिक परिचालन र गैरजिम्मेवारपूर्ण आणविक हतियार समावेश रहेको विदेश मन्त्रीहरुद्वारा जारी विज्ञप्तिमा बुधबार जनाइएको छ । 
 
जि सेभेनले अझ थप लक्षित प्रतिबन्धहरु पछ्याउने र रुसमाथि निरन्तर आर्थिक र राजनीतिक दबाब दिन प्रतिबद्ध रहेको  संयुक्त राष्ट्रसङ्घ महासभाको बैठकपछि बताएका छन् । 
 
‘हामी अध्ययन गर्नेछौँ, हामी नयाँ प्रतिबन्धात्मक उपायहरू अपनाउने छौँ, व्यक्तिगत र क्षेत्रगत दुवै,’ बैठकमा भाग लिने ईयू विदेश नीति प्रमुख जोसेप बोरेलले आफ्ना युरोपेली सहकर्मीहरूसँगको बैठकपछि बुधबार पत्रकारहरूलाई भने । 
  
क्यानडा, संयुक्त राज्य अमेरिका, फ्रान्स, जर्मनी, इटाली, जापान र बेलायतका जि-७ मन्त्रीहरु साथै युरोपेली सङ्घका शीर्ष कूटनीतिज्ञहरूले पनि कब्जा गरिएको डोनबासमा ‘सार्वभौम युक्रेनी भूमिमा झूटो जनमतसंग्रह’ गर्ने योजनाको निन्दा गरेका छन् । 
 
रुसी सेनाहरुको उपस्थितिमा मतदान स्वतन्त्र वा निष्पक्ष हुन नसक्ने पनि उनीहरुले थप जानकारी दिएका छन् । उनीहरूले रुसलाई हालैका हप्ताहरुमा आक्रमणको निशाना बनेको जापोरिझिया आणविक उर्जा केन्द्रको युक्रेनलाई नियन्त्रण फिर्ता दिन पनि आह्वान गरेका छन् । एएफपी