मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

बाह्य उत्पादनको भरले मात्र देश समृद्ध बन्न सक्दैन : अर्थमन्त्री शर्मा

बाह्य उत्पादनको भरले मात्र देश समृद्ध बन्न सक्दैन : अर्थमन्त्री शर्मा


गोरखा । अर्थमन्त्री जनार्दन शर्माले बाह्य देशको उत्पादन ल्याएर नेपालमा बिक्री वितरणमात्र गर्ने परिपाटीले देश समृद्ध बन्न नसक्ने बताएका छन् ।  
 
लिगलिग पालुङटार उद्योग वाणिज्य संघ पालुङटार नगरपालिकाको आयोजनामा गोरखामा बुधबारदेखि सुरु भएको ‘लिगलिग पालुङटार महोत्सव, २०७९’ को उद्घाटन कार्यक्रममा उनले आफ्नो देशका लागि आफैँ उत्पादन गर्ने र अरुका बाह्य देशमा पुर्‍याउन सक्ने व्यवसायले मात्र देश छिट्टै समृद्ध बन्ने बताए । 
 
“हामीले अहिले गरिरहेको धेरैजसो व्यवसाय बाहिरबाट ल्याएर गर्ने गरेका छौँ”, उनले भने, “उत्पादन हामी आफैँ उपयोग गर्ने, अरुकोमा पु¥याउने खालको व्यवसाय हामीलाई आज आवश्यक छ ।” 
 
अर्थमन्त्री शर्माले त्यसका लागि देशमा हरेक खालका व्यवसायलाई आर्थिक उत्पादनसँग जोडेर सहरीकरण गर्न सक्यौँ भने मात्र वास्तविक विकास हुने उनको भनाइ छ । अर्थमन्त्री शर्माले विकासबाट जनताको आर्थिक जीवनमा सांस्कृतिक जीवनमा परिवर्तन गर्न सक्नुपर्ने बताए । 
 
उनले अबको विकासको मान्यता आर्थिक सामाजिक र सांस्कृतिकरूपमा जनताको जीवनलाई बदल्न सक्ने खालको हुनुपर्ने बताए । अर्थमन्त्री शर्माले उत्पादन जोडेर विकास निर्माणलाई अगाडि बढाउँदा पनि संस्कृति, अर्थतन्त्र र सामाजिक वातावरण निर्माण गर्ने कुरामा ध्यान पुर्‍याउन सके यसले समग्र विकासलाई जोड्ने सक्ने उल्लेख गरे ।
 
संविधानले सामाजिक न्यायसहितको समाजवादको आधार तयार गर्ने स्पष्ट किटान गरेको भन्दै उनले गरिबीको अन्त्य र समानताको वातावरण निर्माण गर्न जनताको न्यूनतम आवश्यकता परिपूर्ति गर्ने क्षमता सरकारले बताउनुपर्ने अहिलेको अवस्था रहेको बताए । 
 
अर्को फरक प्रसङ्गमा अर्थमन्त्री शर्माले लिगलिगकोटको दौड पर्यटनका दृष्टिकोणले ऐतिहासिक भएको भन्दै अब यसलाई राजनीतिक पर्यटनका हिसाबले समेत उपयोग गर्न सक्नुपर्ने बताए ।  
  
“लिगलिगकोट नाममात्र नभएर एउटा इतिहास बोकेको स्थल पनि हो, यहाँको छुट्टै संस्कृति छ र परम्परा छ”, उनले भने, “त्यो राजनीतिक प्रकृतिको पनि भएकाले यसको छुट्टै विरासत छ ।” उनले पालुङटार नगरपालिकालाई समृद्ध नगरपालिका बनाउनका लागि स्थानीय सरकार र प्रदेश सरकारले थालनी गरे केन्द्र सरकारले पनि सबैखालको सहयोग गर्ने बताए । रासस