मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

न्यायालयलाई विवादमा मुछ्नु अनुचित : अध्यक्ष तिमिल्सिना

न्यायालयलाई विवादमा मुछ्नु अनुचित : अध्यक्ष तिमिल्सिना


र्वत । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले स्वतन्त्र न्यायालयलाई विवादमा मुछ्नु अनुचित भएको बताएका छन् । जिल्ला समन्वय समिति पर्वतको नवनिर्मित भवनको उद्घाटन गर्दै अध्यक्ष तिमिल्सिनाले संसद्मा दर्ता भएको महाअभियोग प्रस्ताव समयमै टुङ्गो नलगाएर सिङ्गो न्यायालयको गरिमा घटाउने काम भएको बताए ।  
 
उनले राजनीतिक दलहरुकै कारण न्यायालय विवादमा आएको भन्दै यो लोकतन्त्रका लागि नराम्रो पक्ष भएको बताए । “महाअभियोग लागेको प्रधानन्यायाशीश म निर्दोश छु भन्दै सर्वोच्चमै काममै फर्किन्छु भन्छ, सरकार अदालत आउन नदिने तयारी गर्छ, यो कस्तो खालको कानुन हो”, तिमिल्सिनाले भने । 
 
अध्यक्ष तिमिल्सिनाले संसद्को कार्यकालका विषयमा दलहरुबीचको विवादले नागरिकमा नकारात्मक सन्देश गएको बताए । उनले निर्वाचन आयोगले तोकेको समयावधिमा दलहरुले आ–आफ्नो तर्क गर्नु उचित नहुने भन्दै एउटै संसद्का कोही सांसद कार्यकाल सकिएर निवर्तमान हुने र कोही बहाल वाला हुँ भन्दै झण्डा हल्लाएर हिँड्नु जायज नहुने बताए ।
 
अर्को प्रसङ्गमा अध्यक्ष तिमिल्सिनाले निर्वाचन स्वच्छ, स्वन्तन्त्र र निष्पक्ष हुनुपर्नेमा जोड दिएका छन् । आगामी मङ्सिर ४ गतेको निर्वाचन भयरहित वातावरणमा सम्पन्न गर्नुपर्ने बताउँदै निष्पक्ष र निर्भयका साथ हुने निर्वाचनबाट मात्रै लोकतन्त्रलाई संस्थागत गर्न सकिने बताए । 
 
गण्डकी प्रदेश सरकारका सभामुख नेत्रनाथ अधिकारीले संविधानको सफल कार्यान्वयन भएमात्र सङ्घीयता सफल हुने बताए । संविधानमा देखिएका कमी कमजोरीलाई सुधार गर्दै यसको सफल कार्यान्वयन हुनुपर्नेमा उनले जोड दिए । 
 
कार्यक्रममा संविधानसभा सदस्य अर्जुनप्रसाद जोशी, संविधानसभा सदस्य विकास लम्साल, प्रतिनिधिसभा सदस्य पदम गिरीलगायतले सम्बोधन गरेका थिए । रासस