मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

विद्युतीय सवारीसाधनलाई प्रोत्साहन गरेका छौँ : कार्यकारी निर्देशक घिसिङ

विद्युतीय सवारीसाधनलाई प्रोत्साहन गरेका छौँ : कार्यकारी निर्देशक घिसिङ


काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सबैभन्दा सस्तो इन्धन विद्युत् नै भएकाले विद्युतीय सवारीसाधनलाई प्रोत्साहन गरिएको बताएका छन् ।  
 
सुन्दर ट्रेडर्स प्रालिले मंगलबार आयोजना गरेको चार्जिङ स्टेशन प्रदर्शर्नी कार्यक्रममा निर्देशक घिसिङले विद्युत्को प्रयोग बढाएर देश समृद्ध बनाउन सकिने बताए । सवारीसाधनलगायतमा विद्युत्को प्रयोग बढाउन सकिने उनको धारणा छ । “पहिले लोडसेडिङ हुने समयमा विद्युतीय सामान कल्पना नै गर्न नसकिने भए पनि अहिले त्यसको प्रयोग बढाउन भनिरहेका छौँ”, निर्देशक घिसिङले भने । 
 
अहिले विद्युत् व्यापार भइरहेकामा प्राधिकरणको जोड देशभित्रै खपत बढाउनु रहेको कार्यकारी निर्देशक घिसिङले उल्लेख गरे । उनका अनुसार अहिले जति रकमको विद्युत् व्यापार भइरहेको छ, देशभित्र खपत बढाउँदा त्योभन्दा बढी रकम आर्जन हुनसक्छ । 
 
विद्युतीय सवारीसाधनले सञ्चालन खर्च कम भएका आधारमा यात्रुलाई छूट दिनुपर्ने उनले बताए । घिसिङले भने, “एक पटक किन्न बढी रकम भए पनि त्यसको सञ्चालन खर्च पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधनभन्दा कम छ ।”
 
सुन्दर ट्रेडर्स प्रालिका अध्यक्ष भेषबहादुर थापाले ट्रलिबस पुनः सञ्चालनका लागि जिम्मेवारी दिन सरकारसमक्ष माग गरे । आफूले जिम्मेवारी पाएमा तीन महिनामा सञ्चालन गर्न सक्ने उनको दाबी छ । रासस