प्रवास / विश्व

महारानी एलिजाबेथ द्वितीयको अन्तिम संस्कार

प्रकाशित |
न्डन । बेलायतको राजधानी लण्डनमा रहेको प्रसिद्ध गिर्जाघर वेस्टमिन्स्टर एबेमा बेलायतमा सबैभन्दा लामो समय शासन गर्ने महारानी एलिजाबेथ द्वितीयाको अन्तिम संस्कारसँग सम्बन्धित कार्यहरु सम्पन्न भएका छन् । त्यहाँ अमेरिकी राष्ट्रपति जो बाइडेन, भारतीय राष्ट्रपति द्रोपदी मुर्मूसहित सयौँ गन्यमान्य विदेशी पाहुनाहरू उपस्थित भएका थिए । 
 
द डिन अफ वेस्टमिन्स्टरले ड्याभिड होइलले उक्त समारोहको नेतृत्व गर्ने क्रममा ‘आजीवन बहन गरेको उत्तरदायित्व’ प्रति कृतज्ञता व्यक्त गरेका थिए । 
 
राजा चाल्र्स तृतीयले मलिन भावमा आफ्नी आमाको शवपेटिका पछाडि रहेर वेस्टमिन्स्टर हलदेखि एबेसम्मको शवयात्राको नेतृत्व गरेका थिए भने राजपरिवारका अन्य सदस्यले उनलाई साथ दिएका थिए । 
 
डीन होइलले समारोह सुरु गर्ने क्रममा एलिजाबेथ द्वितीयाले ‘महारानी र राष्ट्रमण्डलको प्रमुखका रूपमा कैयौँ वर्षसम्म उच्च जिम्मेवारीका लागि अटल प्रतिबद्धता’ प्रस्तुत गरेको बताएका थिए । 
 
उनले भने, “सम्मानसाथ हामीले उहाँको जीवनभरको जिम्मेवारी बोध र आफ्ना नागरिकप्रतिको प्रतिबद्धताको स्मरण गर्छौँ ।” महारानीको शव पेटिका वेस्टमिन्स्टर एबेमा प्रवेश गर्दा भजन मण्डलीले सङ्गीतबद्ध ढङ्गले श्लोकहरू गाएका थिए जुन परम्परा १८औँ शताब्दीयताका राजकीय अन्तिम संस्कारका कार्यमा चलेको छ । 
 
त्यस्तै, प्रधानमन्त्री लिज ट्रसले धार्मिक ग्रन्थका श्लोकहरू पाठ गरेका थिए । एक वरिष्ठ धर्मगुरु (आर्चविसप अफ क्यान्टरबरी) जस्टिन वेल्बीले उपदेश दिँदै र गायिका डेम भेरा लिनलाई उद्धृत गर्दै हामी फेरि भेट्नेछौँ भने ।  उक्त वाक्यांश कोभिड महामारी सुरु भएपछि राष्ट्रलाई गरेका दुर्लभ सम्बोधनमा महारानीले पनि प्रयोग गरेका थिए ।  
 
आर्चविशप वेल्बीले भन्नुभयो, “यस दिनको शोक– दिवङ्गत महारानीका परिवारले मात्र अनुभव गरेको छैन पूरा देश, राष्ट्रमण्डल र विश्वभर महसुस भएको छ । उनको दीर्घ जीवन र प्रेममय सेवा अब हामीबाट अन्त्य भएको छ ।”  उक्त समारोहको अन्त्यतिर देशभर दुई मिनेटको मौन धारण गरिनुअघि द लास्ट पोस्ट धुन बजाइएको थियो ।  
 
शवयात्रा मार्गमा जम्मा भएका मानिसहरू अन्तिम संस्कार समारोहका लागि मौन भएका थिए । त्यहाँ झण्डै ८०० जना पाहुनाको उपस्थितिमा डीन अफ विन्डसर डेभिड कोनरले त्यस्तो धार्मिक कार्य सम्पन्न गर्नेछन् र आर्चविशप अफ क्यान्टरबरीले प्रार्थना र आशीर्वाद दिनेछन् ।
 
त्यसपछि एक नितान्त निजी समारोहका माझ सेन्ट जोर्जेज् च्यापलभित्र रहेको किङ जोर्ज छैटौँ स्मृति च्यापलमा महारानीको शवलाई उहाँका श्रीमान् ड्युक अफ एडिनबराको समाधि रहेको स्थानसँगै समाधीस्थ गरिनेछ । एएफपी

हिमालय खबर

हिमालय खबर -

थप »

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया