मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

पाकिस्तानमा अविरल वर्षा र बाढीका कारण १५ सयभन्दा बढीको मृत्यु, १२ हजार घाइते

पाकिस्तानमा अविरल वर्षा र बाढीका कारण १५ सयभन्दा बढीको मृत्यु, १२ हजार घाइते


स्लामावाद । पाकिस्तानमा मध्य जुनदेखि हालसम्म जारी अविरल वर्षाका कारण आएको बाढीमा परी मृत्यु हुनेको सङ्ख्या १५ सयभन्दा बढी पुगेको छ । यस प्रकोपमा परी १२ हजारभन्दा बढी घाइते भएका राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरण (एनडिएमए) ले जनाएको छ ।
 
एनडिएमएले जारी गरेको प्रतिवेदनअनुसार देशमा छुट्टाछुट्टै वर्षा वा बाढीसम्बन्धी दुर्घटनामा ज्यान गुमाउनेमा पाँच सय ५२ बालबालिका र तीन सय १५ महिला रहेका छन् । देशको दक्षिणी प्रान्त सिन्ध सबैभन्दा बढी प्रभावित क्षेत्र भएको छ । यहाँ यस प्रकोपमा परी छ सय ७८ व्यक्तिको मृत्यु भएको बताइएको छ । 
 
त्यसपछि उत्तरपश्चिम खैबर पख्तुनख्वा र दक्षिणपश्चिम बलुचिस्तान प्रान्तहरू छन् जसले क्रमशः ३०६ र २९९ जनाको मृत्यु भएको जनाइएको छ । यसबाहेक, पाकिस्तानका विभिन्न भागहरूमा १९ लाख ४३ हजार नौ सय ७८ घरहरू ध्वस्त भएका र नौ लाख ४३ हजार ९०९ पशुधनको मृत्यु भएको जनाइएको छ ।
 
यस मौसमी वर्षा र बाढीको कारण १२ हजार ७३५ किलोमिटर लामो सडक र तीन सय ७५ पुलमा क्षति पुगेको उल्लेख गरिएको छ । यसका अतिरिक्त ८१ जिल्ला र अनुमानित तीन करोड ३० लाख ४६ हजार तीन सय २९ मानिस बाढीबाट प्रभावित भएका एनडिएमएले सार्वजनिक गरेको तथ्याङ्कले देखाएको छ ।
 
बाढी प्रभावित क्षेत्रमा एनडीएमए, अन्य सरकारी संस्था, स्वयंसेवी र गैरसरकारी संस्थाहरूद्वारा उद्धार र राहत कार्य जारी रहेको छ । सिन्ह्वा