मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

बङ्गलादेशमा यसै वर्षदेखि विद्युत् निर्यात हुन्छ : ऊर्जामन्त्री भुसाल

बङ्गलादेशमा यसै वर्षदेखि विद्युत् निर्यात हुन्छ : ऊर्जामन्त्री भुसाल


चितवन । ऊर्जामन्त्री पम्फा भुसालले नेपाल सरकारले बङ्गलादेशलाई विद्युत् निर्यातका लागि तयारी गरिरहेको बताएकी छन् । 
 
शनिबार भरतपुरमा पत्रकारसँग कुरा गर्दै उनले यसैवर्ष बङ्गलादेशलाई विद्युत् निर्यात गरिने बताएकी हुन् । हाल नेपालले भारतमा बिजुली बिक्री गर्दै आएको छ ।
 
“हामीले अहिलेसम्म भारतमा मात्रै विद्युत् निर्यात गरेका छौँ । अब बङ्गलादेशमा पनि निर्यात हुँदैछ,” मन्त्री भुसालले भनिन्, “जलविद्युत् उत्पादनमा साझेदारी गर्न सहमति भएको र यसैवर्षदेखि ५० मेगावाट विद्युत् बङ्गलादेश जान्छ ।” 
 
ऊर्जालाई उत्पादनको माध्यम बनाउन लागिएको र गरिबीको रेखामुनि रहेका जनतालाई निःशुल्कजस्तै रहेको जानकारी दिँदै उनले घरायसी प्रयोजनका लागि मूल्य घटाइएको छ भने कृषि र सिंचाइमा ७५ प्रतिशत महसुल घटाइएको जानकारी दिइन् ।
 
फरक प्रसङ्गमा उनले गठबन्धनको सिटको विषय छिट्टै टुङ्ग्याइने बताइन् । शुक्रबार टुङ्गिने भनिएको गठबन्धनको सिट बाँडफाँट प्राविधिक हिसाबले समस्या भएको उनको भनाइ थियो ।