मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

मेरिल्याण्डमा गोली प्रहारबाट पाँच जनाको मृत्यु

मेरिल्याण्डमा गोली प्रहारबाट पाँच जनाको मृत्यु


मेरिल्याण्ड । संयुक्त राज्य अमेरिकाको मेरिल्याण्ड राज्यको सेसिल काउन्टीको एक घरमा  शुक्रबार पाँच जना मृत अवस्थामा फेला परेका छन् । मृतकहरूमा दुई बयस्क र तीन बालबालिका छन् ।
 
सेसिल काउन्टी शेरिफको कार्यालयले विज्ञप्तिमा जनाएअनुसार एक पुरुषले बिहान ९११ मा फोन गरी तीन बालबालिका र एक महिलालाई गोली लागेर मृत्यु भएको जानकारी दिएका थिए । 
 
सो जानकारीपछि सुरक्षा अधिकारीहरू सो निवासमा प्रवेश गर्दा मृतकहरूको शव विभिन्न स्थानहरूमा फेला पारेका थिए।
 
यो हाम्रो काउन्टी र हाम्रो समुदायको लागि दुःखद र भयानक दिन हो, सेसिल काउन्टी शेरिफ स्कट एडम्सले शुक्रबार दिउँसो पत्रकारहरूलाई  बताएका छन् । घटनाबारे सक्रियरूपमा अनुसन्धान गरिरहेको अधिकारीहरूले बताएका छन् । सिन्हवा