मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

बेलायतकी महाराजी एलिजावेथको निधन

बेलायतकी महाराजी एलिजावेथको निधन

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बेलायत । बेलायतकी महारानी एलिजावेथ द्वितीयको बिहीबार ९६ वर्षको उमेरमा निधन भएको छ । उनी महारानीको भूमिकामा ७० वर्षदेखि काम गर्दै आएकी थिइन् । बेलायतको राजतन्त्रको इतिहासमा सबैभन्दा बढी उक्त पदमा रहने इतिहास पनि उनले बनाएकी थिइन् । 
 
बेलायतमा संवैधानिक राजतन्त्र छ । महारानी एलिजावेथले सन् १९५२ मा पद ग्रहण गरेकी थिइन् । अब उनका जेठा छोरा चार्ल्स राजा हुने छन् । चार्ल्स अब कमनवेल्थमा आबद्ध १४ देशका राष्ट्रअध्यक्ष हुने छन् । बेलायतमा राजनीतिक अस्थिरता भइरहेका बेला महारानीको निधन भएको हो । केही दिनअघि मात्र त्यहाँ नयाँ प्रधानमन्त्री नियुक्त गरिएको थियो । 
 
महारानीको कार्यालय बकिङ्घमले परिवारका बीचमा बालमाराल स्थित निवासमा उनले शान्तपूर्ण मृत्युवरण गरेको जनाइएको छ । उनको शव लण्डन ल्याउने तयारी भइरहेको छ । 
 
 
महारानीको स्वास्थ्यमा समस्या आएपछि डाक्टरको सल्लाहमा परिवारका निकट सदस्यलाई बोलाइएको थियो । महारानीको अन्तिम अवस्थामा राजा बन्ने सूचीमा रहेका उनका नाति विलियम पनि सँगै थिए । 
 
महारानीले आफ्नो कार्यकालमा निकै उतार चढाव देखिन् । शक्तिशाली बेलायत राज्य कमजोर हुँदै गएको अवस्था पनि उनले सामना गर्नु पर्‍यो । 

बेलायती महारानीको निधनको समाचारले विश्वभर प्राथमिकता पाएको छ । कहिल्यै राजतन्त्र नभएको देश अमेरिका पनि बेलायतको राजपरिवारलाई चासोका साथ हेरिन्छ । यहाँका प्रमुख समाचार संस्थाहरुले महारानीको अवस्थाका बारेमा केही घन्टादेखि लगातार समाचार दिइरहेका थिए ।

नयाँ राजाले एक विज्ञप्ति जारी गर्दै नयाँ राजा चार्ल्सको तर्फबाट शाही परिवारले भर्खरै एक बयान जारी गरेको छ।

उनले लेखे: “मेरी प्यारी आमा, महारानी महारानीको मृत्यु, म र मेरो परिवारका सबै सदस्यहरूको लागि सबैभन्दा ठूलो दुःखको क्षण हो।

“हामी एक आदरणीय सार्वभौम र धेरै माया गर्ने आमाको निधनमा गहिरो शोक गर्दछौं।

“मलाई थाहा छ उनको हानि देश, क्षेत्र र राष्ट्रमंडल र विश्वभरका अनगिन्ती मानिसहरूले गहिरो महसुस गर्नेछन्।

“शोक र परिवर्तनको यस अवधिमा, मेरो परिवार र म रानीलाई यति व्यापक रूपमा राखिएको सम्मान र गहिरो स्नेहको हाम्रो ज्ञानबाट सान्त्वना र सँभाल्नेछौं।”