मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वास्थ्य / विचित्र संसार   

एक लाख बिरामीलाई बेहोस बनाउने डाक्टर

एक लाख बिरामीलाई बेहोस बनाउने डाक्टर


चितवन । शल्यक्रिया गर्ने सर्जन चिकित्सकलाई सबैले चिन्छन् । शल्यक्रिया गर्नुअघि बेहोस् बनाउने एनेस्थेसियोलोजिष्टलाई कमले मात्रै चिन्ने गर्दछन् । उनीहरुको भूमिका सर्जनको भन्दा कम हुँदैन । जिल्लामा कुनै बेला सर्जनहरुले कुरेर एनेस्थेसियालोजिष्टको समय लिनु पर्दथ्यो । त्यसो त यहाँका न्यून एनेस्थेसियोलोजिष्टहरुले रातमा पनि सुत्न नपाएर शल्यक्रिया कक्षमै कामको सीलसिलामा रात बिताउनुपर्ने हुन्थ्यो । त्यस्तै एक जना मह¤वपूर्ण पात्र डा. विजयराज न्यौपाने हुन् । 
रत्ननगर नगरपालिकामा जन्मिएका न्यौपाने जिल्लामै जन्मिएका दोस्रो चिकित्सक हुन् । त्यसो त जिल्लाको एनेस्थेसियामा स्नातकोत्तर (एमडी) गर्ने पहिलो चिसित्सक पहिलो हो । चितवन जिल्लामा एनेस्थेसियामा चौथो व्यक्ति हुन् । स्नातक गरेर सेवा गर्ने चौथो व्यक्ति आफू भएको डा. न्यौपानेको भनाइ छ । 
विसं २०१७ साल पुस २३ गते जन्मिएका डा. न्यौपानेले पूर्वी चितवनको पञ्चकन्या माविमा कक्षा ५ सम्मको अध्ययन गरे । त्यसपछिको शिक्षा नेपाल माविबाट भयो । त्यहीबाट उनले विसं २०३३ सालमा एसएलसी उत्तीर्ण गरे । जिल्लामा आठ जनाले प्रथम श्रेणीमा उत्तीर्ण गरेकामध्ये डा. न्यौपाने एक थिए ।   
त्यसपछिको एचए महाराजञ्जबाट उत्तीर्ण गरेका उनले यसपछिको ६ वर्ष चितवन, नवलपरासी र पर्सामा सेवामा बिताए । विसं २०५० सालमा तत्कालीन सोभियत संघको युक्रेनमा उनले त्यहाँको एमडी (यहाँको एमबिबिएस सरह) उत्तीर्ण गरे । विसं २०५० सालमा परिवार नियोजन संघमा पाँच वर्ष सेवा गरे ।  
विसं २०५५ सालमा विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा जागिर सुरु गरे । त्यसको दुई वर्षपछि विसं २०५७ सालमा धरानबाट एनेस्थेसियोलोजिष्ट एण्ड क्रिटिकल केयरमा विशेषज्ञता हासिल गरे । त्यसपछिको उनको जीवन क्यान्सर अस्पतालमै बिरामीको सेवामा समर्पित भयो । 
दिनको समयमा क्यान्सर अस्पताल र साँझ बिहान भरतपुरका निजी अस्पतालका बिरामीको सेवामा उनी लागिरहे । उनी भन्छन्, ‘भरतपुर अस्पतालका डाक्टर माणिकलाल मानन्धर र मैले जिल्लाका सबै अस्पतालको शल्यक्रिया धान्नु पथ्र्यो ।’ अहिलेसम्म झण्डै एक लाखलाई सेवा दिएको बताउँदै उनले थपे, ‘धेरै रात मैले शल्यक्रिया कक्षमा बिताएको छु ।’ 
कुनै पनि बिरामीको शल्यक्रिया गर्नुअघि उपयुक्त हुने वा नहुने छनोट गर्ने मुख्य चिकित्सक एनेस्थेसियोलोजिष्ट हुने गर्दछ । त्यसो त शल्यक्रियाको अवस्थाअनुसार शरीरका पूरै वा आंशिक अंग बेहोस् बनाउनुपर्ने हुन्छ । यो महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने चिकित्सक बाह्य रुपमा नदेखिएर पर्दाभित्रको हिरोको रुपमा चित्रण गर्न सकिन्छ । 
तीन सयभन्दा बढी शल्यचिकित्सकसँग काम गरेको उनीसँग अनुभव छ । विगत दुई दशकदेखि चितवनको भूमिमा बिरामीको सेवामा समर्पित डा. न्यौपानेले विगतलाई सम्झँदै शल्यक्रियाको बढी चाप र एनेस्थेसियोलोजिष्टको संख्या कम हुनुको करणले बिरामीले अप्रेसन कुर्नुपर्ने बाध्यता थियो । मेरै समय कुरेर तीन चार दिनसम्म बिरामी बस्नुपर्ने अवस्था पनि थियो ।” जिल्लाका अधिकांश अस्पतालका शल्यक्रिया कक्षमा उनले काम गरेका छन् ।  
भरतपुर अस्पताल, दुई मेडिकल कलेजमा एनेस्थेसियोलोजिष्ट अभावमा भोलेन्टियर गर्नुपर्ने निजी अस्पतालहरुका शल्यक्रिया कक्षमा उनीसँग काम गरेको अनुभव छ । पछिल्ला दिनहरुमा चिकित्सक थपिँदै गएपछि कामको दबाब घट्दै गएको उनी बताउँछन् । 
विसं २०१२ सालमा लम्जुङको दुराडाँडाबाट बुबा बन्धुराज न्यौपाने र आमा निर्मलादेवी न्यौपाने चितवन झरेपछि उनको बसाई रत्ननगरमा भयो । प्रधानपञ्च, विद्यालयका अध्यक्षलगायत सामाजिक क्षेत्रमा बुबाको योगदानको कारण न्यौपानेलाई सामाजिक क्षेत्रमा लाग्ने प्रेरणा मिलेको छ । उनी रोटरीका विभिन्न पदमा रहेर १० हजार डलर सहयोग गर्ने मुख्य दाताको भूमिका निर्वाह गरेका छन् ।  
नेपाल चिकित्सक संघका पूर्व-केन्द्रीय सदस्य, रेडक्रसका विशिष्ट सदस्य, सोसाइटी अफ एनेस्थेसियोलोजिष्ट अफ नेपालका पूर्वकेन्द्रीय सदस्य, चितवनका संस्थापक अध्यक्ष, नेप्लिज एसोसिएसन अफ प्यालेटी केयरका निवर्तमान अध्यक्ष रहेका उनले विभिन्न सामाजिक संघसंस्थामा सेवा पु¥याउँदै आएका छन् ।  
आफूमात्रै चिकित्सा क्षेत्रमा नभएर बुहारीलाई एनेस्थेसियोलोजिष्ट पढाएका न्यौपानेका दुई छोरा चिकित्सक छन् । क्यान्सर अस्पतालमा उपनिर्देशकसम्म रहेर अवकाश पाएका न्यौपाने हाल नारायणी सामुदायिक अस्पताल र कालीगण्डकी अस्पताल कावासोतीमा कार्यरत छन् । नारायणी सामुदायिकको उनी पूर्वअध्यक्ष हुन् भने कालिगण्डकीको हालको कार्यकारी अध्यक्ष हुन् ।