मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

विश्वव्यापी संसदीय समूहको सम्मेलन आगामी महिना वासिङ्टनमा हुने

विश्वव्यापी संसदीय समूहको सम्मेलन आगामी महिना वासिङ्टनमा हुने


वासिङ्टन । पच्चीस देशका २०० भन्दा बढी प्रजातान्त्रिक सुधार विचारधाराका सांसद्हरूको समूहले सेप्टेम्बर १२(१४ सम्म अमेरिकाको वासिङ्गटन डिसीमा वार्षिक सम्मेलन आयोजना गर्ने भएका छन् । अमेरिकास्थित पोलिटिको प्रकाशनले सो बारे उल्लेख गरेको छ । 
 
चिनियाँ सरकारले ताइवानविरुद्ध सैन्य कारबाही बढाइरहेको र युक्रेनविरुद्ध रूसको जारी आक्रमणको जटिल र संवेदनशील समयमा यो जमघट हुन लागेको बेल्जियम चेम्बर अफ रिप्रिजेन्टेटिभका सदस्य एवं चीनमा अन्तरसंसदीय गठबन्धनका सहअध्यक्षले बताएका  छन्। 
 
कोगोलाटीले सो शिखर सम्मेलनले चीनमा मानवअधिकार र ताइवानको लोकतन्त्रको रक्षार्थ चिनियाँ सरकारले कसरी काम गर्न सक्छ भनेर छलफल गर्न ६० जना विधायकहरूबीच छलफल हुने बताएका छन् ।
 
अष्ट्रेलिया, भारत, जापान र न्यूजील्याण्डका आइपिएसी सदस्यहरूले यस महिनाको सुरुमा विधायकहरूका लागि इन्डो प्यासिफिक फोरम सुरु गर्ने घोषणा गरेका थिए । 
 
इन्डो प्यासिफिक फोरमले उदार नियममा आधारित विश्व व्यवस्था, लोकतन्त्रको साझा मूल्य, अभिव्यक्ति स्वतन्त्रता र विधिको शासनको रक्षा र अभिवृद्धि गर्न संयुक्त प्रयासलाई गहन बनाउने विषयमा फलफल केन्द्रित हुने जनाएको छ ।  
 
साथै इन्डो प्यासिफिक फोरमले यस क्षेत्रमा चीनको बढ्दो प्रभावलाई प्रतिक्रिया दिनको लागि समन्वयात्मक रणनीति बनाउने पनि उल्लेख गरेको छ ।  
 
यसैगरी सो फोरम विशेष गरी यस क्षेत्रमा उत्पन्न भएका चुनौतीहरूलाई सम्बोधन गर्न गठन गरिएको आफ्नै प्रकारको पहिलो अन्तर(संसदीय फोरम हुने पनि उल्लेख गरिएको छ।
 
आइपिएसीले दक्षिण कोरिया, ताइवान, प्यासिफिक टापुहरू र यस क्षेत्रका अन्य प्रजातान्त्रिक साझेदारहरूका साथै अमेरिका, बेलायत र युरोपका विधायकहरूका साथै भविष्यमा हुने अन्य बैठकहरूमा भाग लिने आशा राखेको छ । एएनआई