मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

तीजको रहर आयो बरिलै…

तीजको रहर आयो बरिलै…


ह्युस्टन । नेपाली भाषा, संस्कृति र पहिचानका लागि संगठित नेपालीहरुले नेपाल बाहिर पनि भावनाको नेपाल बनाएका छन्। प्रत्येक नेपाली चाडबाड र पर्वहरुलाई नेपाली मौलिक शैलीमा मनाउन विदेशमा बस्ने नेपालीहरुले अधिकतम प्रयास गर्दैछन्।
 
यसै परिप्रेक्षमा ह्युस्टनका नेपाली चेलीहरु पनि के कम ? गुल्मी समाजले जुटाइदिएको तीज महोत्सवमा ह्युस्टन, टेक्ससका चेलीहरुले छमछमी नाचे। नेपाली नारीहरुको महान् पर्व तीजको उपलक्ष्यमा धित मरुन्जेल नाचे, सामूहिक भोज गरे र एक आपसमा शुभकामना साटासाट गरे। 

 
ह्युस्टनका सबै नेपाली संस्थाहरुको तर्फबाट गुल्मी समाजले संयोजन र आयोजना गरेको तीज कार्यक्रममा बृहत्तर ह्युस्टनको कुना कुनाबाट नेपाली पहिरन र गहनाले सजिएका करिब तीनसय चेलीहरु सहित कार्यक्रममा सयौंको संख्यामा पुरुषहरुको पनि सहभागिता रहेको थियो। 
 
तीज गीतहरुको संयोजन, खाना व्यवस्थापन एवं कार्यक्रमस्थल व्यवस्थापनमा गुल्मी समाजका पदाधिकारीहरु मात्र होइन नेप्लिज एसोसिएसन अफ ह्युस्टन र नेप्लिज हेरिटेज युनियनका पदाधिकारी र सदस्यहरुको पनि सक्रियता देखिन्थ्यो। 
 
प्रवासमा नेपालीहरुको पहिचान यस्तै सांस्कृतिक चाडपर्वहरुमा हुने जमघट र उपस्थितिले कायम गर्ने हो। नेपालीहरुको पहिलो पुस्ता नेपालीपनको जगेर्ना गर्न लागिपरेकाले दोस्रो पुस्तामा नेपाली भाषा र संस्कृतिको स्तानान्तरण हुने अपेक्षा गर्न सकिन्छ।