मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

कोलोराडोमा सम्पन्न ग्लोबल फेष्टिवलमा नेपालीको सहभागिता

कोलोराडोमा सम्पन्न ग्लोबल फेष्टिवलमा नेपालीको सहभागिता


कोलोराडो, अमेरिका । कोलोराडोको अरोरामा सम्पन्न ग्लोबल फेष्टिवलमा स्थानीय नेपालीहरूले नेपालको झण्डा प्रदर्शन गर्दै सहभागिता जनाएका छन् ।
 
रक्की मोउण्टेन फ्रेन्ड्स अफ नेपालको पहलमा अरोरा सिटीद्वारा हरेक वर्ष आयोजना गरिने ग्लोबल फेस्टिवलमा नेपाली समुदायको प्रतिनिधित्व गर्दै स्थानीय नेपालीहरूले भाग लिएका हुन् ।
 
शनिबारका आयोजना भएको फेस्टिवलमा नेपाल र नेपालीका तर्फबाट परेडमा नेपालको झन्डा लिएर रक्की मोउण्टेण्ड फ्रेन्ड्स अफ नेपालका अध्यक्ष टीका पौडेल र बोर्ड अफ डाइरेक्टर आकाश राईले भाग लिएका थिए ।  
 
त्यसैगरी सोही समारोहमा सम्पन्न ग्लोबल फेशन शोमा अध्यक्ष पौडेल, नेपाली घरका अध्यक्ष जगदीशचन्द्र ढकाल, अन्तर्राष्ट्रिय साहित्य समाजका बोर्ड अफ ट्रष्टी पदम विश्वकर्मा, रक्की मोउण्टेण्ड फ्रेन्ड्स अफ नेपालका महासचिव अर्जुन बगाले, बोर्ड डाइरेक्टर सुनिता अधिकारीलगायत स्थानीय नेपालीभाषीहरूले भाग लिएका थिए । 
 
पुरुष सहभागीहरुले नेपाली राष्ट्रिय पोसाक दौरासुरूवाल र महिलाहरुले साडीचोलो लगाएर परेड, फेसन शो लगायतका कार्यक्रममा सहभागी भएका थिए ।   
 
विभिन्न ५० देशभन्दा बढी राष्ट्रका नागरिकहरुले भाग लिएको उक्त फेस्टिवलमा विभिन्न स्टलहरु राखिएका थिए । नेपालीहरूले पनि नेवारी खाना समय बजी, मोमो जस्ता स्टलहरू राखेका थिए भने नमस्ते प्लम्बिङले आफ्नो छुट्टै स्टल राखेर नेपाल र नेपालीको परिचय दिन खोजेको रक्की मोउण्टेण्ड फ्रेन्ड्स अफ नेपालका अध्यक्ष टीका पौडेल बताएका छन् ।