मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

नेपाली समाज टेक्सासको ग्लोबल पाठशालामा नयाँ भर्ना सुरू

नेपाली समाज टेक्सासको ग्लोबल पाठशालामा नयाँ भर्ना सुरू


टेक्सास । प्रवासमा रहेका बालबालिकाहरुलाई नेपाली भाषा, कला, साहित्य, संस्कृति, योग-ध्यान, कम्युटर कोडिङ, पारिवारिक आर्थिक समृद्धि एवम् नेतृत्व विकासलगायतका विभिन्न विषयहरुमा नेपाली समाज टेक्सासको ग्लोबल नेपाली पाठशालाले अगस्त २७ देखि दिसेम्बर ४ सम्म “फल सेसन” सञ्चालन गर्ने भएको छ । 

 
“अनलाईन” र “फेस-टु-फेस” माध्यमबाट सञ्चालित यस पाठशालामा आफूलाई पायक पर्ने समयमा हप्तामा एक वा दुई दिन आफूलाई मिल्ने एक-डेढ घन्टाको कक्षाहरुमा एकदमै न्यूनतम (नाम मात्रको) शुल्क तिरेर भर्ना गर्न सक्नु हुनेछ । 
 
प्रवास सुहाँउदो आफ्नै पाठ्यक्रम ढाँचा र पाठ्यपुस्तक भएको यस ग्लोबल नेपाली पाठशालाले हाम्रा भावीपुस्तालाई भाषा, कला, संस्कृति आदिबाट प्रवासमा आफ्नो पहिचान स्थापित गराई नेपाल आमा र नेपालीपनसँग जोड्ने प्रयास गरिरहेको छ । जसले हाम्रो थात(थलो र जरोकिलोको पहिचान बोकेको छ । 
 
सिकारु केन्द्रित अन्तर्क्रियात्मक एवम् परियोजना कार्यमा आधारित सिकाइ ढाँचा बोकेको यस पाठशालाले नेपाली अक्षर सिकाइदेखि हाम्रा हजुरबा हजुआमाका कथाहरु र नेपालसँग प्रत्यक्षरुपमा बालबालिकाहरु जोड्ने अभ्यासात्मक क्रियाकलाप गराइन्छ। 
 
नेपाली समाज टेक्सासको गरिमामय यस पाठशालाको सामाजिक अभियानमा अमेरिकाको जुनसुकै राज्य वा अरु देशबाट पनि बालबालिकाहरु भर्ना गरेर नेपालसँग हाम्रा नानीबाबुहरु जोडेर राख्न अनुरोधका साथै बालबालिका भर्ना गराउन तलको फ्लायर अनुसारको निम्न लिंक भएको सजिलो वेभसाइटमा गएर विषय छनोट गरी भर्ना गरेर हाम्रो यो निरन्तर सामाजिक अभियानमा जोडिएर रहन नेपाली समाज टेक्सास, ग्लोबल पाठशाला अनुरोध गर्दछ । 

NST Global Nepali School, Texas, USA

Fall 2022 Classes Schedule for NST Global Nepali School.

Class Registration Link =>

https://ournst.org/index.php/school-registration-form/