मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

बोस्टनमा हुने तीज महोत्सव-२०२२ को तयारी पूरा, सहभागिताका लागि चुल्है निम्तो

बोस्टनमा हुने तीज महोत्सव-२०२२ को तयारी पूरा, सहभागिताका लागि चुल्है निम्तो


बोस्टन, अमेरिका । अमेरिकाको मासाचुसेट्स राज्यको बोस्टनस्थित नेपाली समुदायको संस्थाहरु ग्रेटर बोस्टन नेपाली समुदाय र गैरआवासीय नेपाली संघको संयुक्त आयोजनामा अगस्ट २० तारिखमा हुने ’बोस्टन तीज महोत्सव-२०२२’ को आवश्यक तयारी पूरा भएको आयोजकले जनाएको छ।
 
तीजको मूल मर्मलाई आत्मसात् गर्दै धार्मिक, सांस्कृतिक, परम्परा र नेपाली पहिचानको संरक्षण तथा संवर्द्धन गर्दै मनोरञ्जन गर्ने तीज महोत्सव-२०२२को मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ।
 
आयोजक संस्था गैरआवासीय नेपाली संघ, म्यासाचुसेट्स च्याप्टरका अध्यक्ष प्रेम तामाङले दिएको जानकारीअनुसार, महोत्सवको आवश्यक तयारी पूरा भएको छ। महोत्सवमा नेपाली पहिचानसहितका विभिन्न मिष्ठान्न परिकारहरु समेटेर दर खाने कार्यक्रमको पनि व्यवस्था गरिएको छ। 
 
अध्यक्ष तामाङले भने, ‘तीज महोत्सवलाई भव्य र सभ्यरुपमा हर्षोल्लासका साथ सम्पन्न गर्न आवश्यक तयारी पूरा गरेका छौँ । यस वर्षको तीज महोत्सवले बोष्टनवासी नेपालीहरुलाई भरपूर मनोरञ्जन दिनुका साथै एक आपसमा एकताको सन्देश दिन पनि सफल हुनेछ भन्नेमा हामी विश्वस्त छौँ ।’
 
अध्यक्ष तामाङले तीज महोत्सव-२०२२लाई लक्ष्य र उद्देश्यअनुसार सफल बनाउन आवश्यक सहयोग र सहभागिताका लागि सरोकारवालाहरु र सम्पूर्ण बोस्टनवासी नेपालीरनेपाली भाषीहरुलाई अनुरोध गर्दै महोत्सवमा सहभागिताका लागि चुल्है निम्तो दिएका छन् । उनले भने, ’यो हाम्रो महान चाड हो। परदेशमा यसको महत्त्व अझ बढी हुन्छ । हुनुपर्छ पनि । त्यसैले, महोत्सवमा सहभागी भइदिन हुन सबैलाई चुल्है निम्तो गर्दछौँ।’ 
 
तीज महोत्सवलाई चाडको मर्ममा केन्द्रित गर्दै सक्दो मनोरञ्जनात्मक तथा उल्लासमय बनाउने गरी आवश्यक तयारी पूरा गरिएको आयोजक संस्था ग्रेटर बोस्टन नेपाली कम्युनिटीका अध्यक्ष मिलनकुमार कार्कीले जानकारी दिए । 
 
अध्यक्ष कार्कीका अनुसार कार्यक्रममा सहभागिता जनाउनका लागि प्रतिव्यक्तिले सहयोगस्वरुप अग्रिम टिकट खरिद गरेमा ३५ डलर र कार्यक्रमस्थलमै टिकट खरिद गरेमा ४५ डलर भुक्तान गर्नुपर्ने व्यवस्था गरिएको छ भने १२ वर्षमुनिका बालबालिकालाई निःशुल्क र १२ वर्षमाथिकालाई पूरा शुल्क लाग्ने छ। 
 
उक्त कार्यक्रममा ३५० टिकट बिक्री गर्ने आयोजकको लक्ष्य रहेको अध्यक्ष कार्कीले बताए । उनका अनुसार महोत्सवलाई मनोरञ्जनात्मक तथा हर्षोल्लासमय बनाउन, सांगीतिक कार्यक्रमको पनि आयोजना गर्ने गरी तयारी पूरा गरिएको छ। जसअन्तर्गत महोत्सवमा स्थानीय नेपाली कलाकारहरुदले नेपालीपन झल्किने तीजकेन्द्रित गीतहरु र नृत्यहरु पस्किने छन्।