मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

कोलोराडोस्थित नेपाली समुदायमा फेरि अर्को दुःखद घटना

कोलोराडोस्थित नेपाली समुदायमा फेरि अर्को दुःखद घटना


कोलोराडो, अमेरिका । कोलोराडो नेपाली समुदायका एक बाल सदस्यको आइतबार दिउँसो दुःखद घटनामा निधन भएको छ ।
 
कोलोराडोस्थित बोल्डर निवासी राजेश बिष्टका ५ वर्षीया छोरी बेला बिष्टको आइतबार दिउँसो युटाबाट कोलोराडो फर्कंदै गर्दा गाडी दुर्घटनामा परी निधन भएको हो ।
 
गाडीमा सवार ५ जनामध्ये बिष्टकी आमालाई टाउकोमा चोट लागेको छ भने अन्य तीन जना राजेश बिष्ट, उनका धर्मपत्नी बिजिना बिष्ट (केसी) र सानो छोरी सकुशल रहेका छन् । 
 
उनीहरु ट्याक्सी लिएर युटाबाट सोमबार बिहान बोल्डर आइपुगेको बिष्टका छिमेकी दिनेश कार्कीले बताएका छन् । मृतक बेला बिष्टको शव भने युटाकै अस्पतालमा रहेको बताइएको छ । राजेशका दुई छोरीमध्ये मृतक जेठी छोरी भएको भएको कार्कीले जानकारी दिए । 
 
यसरी कोलोराडोमा नेपाली समुदायमा एकपछि अर्को दुःखद घटना घटिरहँदा पूरै समुदाय स्तव्ध हुन पुगेको छ । यसअघि गत अप्रिल १९ तारिखका दिन बोल्डर निवासी देवराज सापकोटाको बाटो काट्ने क्रममा गाडीले ठक्कर दिँदा निधन भएको थियो ।