मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

जापानको नागासाकी सहरमा आणविक बम विष्फोटको ७७ औँ वार्षिकी आयोजना

जापानको नागासाकी सहरमा आणविक बम विष्फोटको ७७ औँ वार्षिकी आयोजना


टोकियो । जापानको नागासाकी सहरमा मङ्गलबार आणविक बम आक्रमणको ७७औँ वार्षिकी आयोजना गरिएको छ । 
 
कार्यक्रममा अन्तर्राष्ट्रिय समुदायले जापानलाई आफू पीडितको रुपमा मात्र नलिन आग्रह गरेको छ । मङ्गलबारको वार्षिकीमा जापान सरकारले कोभिड–१९ का  प्रतिबन्ध खुकुलो बनाएर थप मानिसलाई उपस्थित हुन अनुमति दिइएको थियो ।
 
त्यस अवसरमा ८० भन्दाबढी राष्ट्रका अधिकारी र प्रतिष्ठित व्यक्तित्वको उपस्थिति रहेको थियो । साथै आणविक बमबाट बाँचेका र मृतकका आफन्तहरुको पनि सहभागिता रहेको थियो । 
 
उनीहरुले यस दिनलाई दुःखद् दिनका रुपमा स्मरण गरेका थिए । उनीहरुले यस्तो विनाशकारी दिन जापानमात्र नभई संसारमा नै कहिल्यै नआओस् भन्ने कल्पना पनि गरेका थिए । सन् १९४५ मा आजकै दिन बिहान ठीक ८ः१५ बजे जापानको हिरोसिमामा नगरमा अमेरिकी युद्धक विमानले बम खसालेको थियो ।
 
सन् १९४५ का अगस्त ६ र ९ का दिन जापानका हिरोसिमा र नागासाकी नगरमा संयुक्तराज्य अमेरिकाले दुई अणुबम खसालेको थियो । ‘लिटिल ब्वाइ’, र ‘फ्याट म्यान’ नाम दिइएका दुई बम विस्फोटबाट हिरोसिमा र नागासाकीमा गरी करिब एक लाख ४० हजार नागरिकले ज्यान गुमाएका थिए । यस बमको असरले कति नागरिकको मृत्यु भयो भन्ने कुराको यकिन तथ्याङ्क कतै भेटिँदैन ।
 
उक्त घटना भएको पाँच वर्षभित्र दुवै नगरमा विकिरणबाट प्रभावित थप एक लाख चार हजार नागरिकको मृत्यु भएको थियो । अमेरिकाविरुद्ध युद्ध लडेको जापानले यस अवधि र युद्धपश्चात् आफ्ना करिब दुई लाख पचास हजार नागरिकको ज्यान गुमायो । 
 
तत्कालीन अवस्थामा योभन्दा बढी सङ्ख्याका जापानी विकिरणबाट उत्पन्न विभिन्न रोगका कारण अङ्गभङ्ग भई बाच्न विवश भए । युद्धकालमा विकिरणबाट प्रभावित कतिपय जापानी तथा तिनका सन्तान समेत अनेक रोगबाट पीडित छन् ।
 
हिरोसिमा नगरमा खसालिएको बम, २० हजार टन टिएनटी बराबरको थियो । उक्त बममा युरेनियम–२३५ नामक रासायनिक तत्व प्रयोग गरिएको थियो र त्यसलाई ‘लिटिल ब्वाइ’ भन्ने नाम दिइएको थियो । दश फिट लम्बाइको यस पारमाणबिक बमलाई इनोला गे उपनाम दिइएको बी–२९ सुपर फोरट्रेस बमवर्षक विमानको बाहिरी भागमा झुन्ड्याएको थियो । सिन्ह्वा / reuters