मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

अमेरिकाद्वारा चीनलाई पेलोसीको ताइवान भ्रमणबाट उत्तेजित नहुन आग्रह

अमेरिकाद्वारा चीनलाई पेलोसीको ताइवान भ्रमणबाट उत्तेजित नहुन आग्रह


वासिङ्गटन । संयुक्त राज्य अमेरिकाले जापानको विशेष आर्थिक क्षेत्रमा चीनद्वारा गरिएको मिसाइल प्रक्षेपणको निन्दा गरेको छ । उक्त परीक्षण सैन्य अभ्यासको एक भाग थियो ।
 
अमेरिकी संसद्की सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणको प्रतिक्रियास्वरूप चीनले सो कदम चालेको राष्ट्रिय सुरक्षा परिषद् रणनीतिक सञ्चार संयोजक जोन किर्बीले बताएका छन् । उनले चीनलाई पेलोसीको ताइवान भ्रमणबाट उत्तेजित नहुन आग्रह गरेका छन् ।
 
अगस्ट ४ मा चीनले ताइवानको उत्तरपूर्वी र दक्षिणपश्चिमी जलक्षेत्रमा थुप्रै ब्यालेस्टिक मिसाइलहरू प्रक्षेपण गरेको छ  जसले ताइवानको राष्ट्रिय सुरक्षालाई खतरामा पारेको छ र यस क्षेत्रमा क्षेत्रीय तनाव पनि बढाएको छ । 
 
लाइभ फायर ड्रिलहरू टापुको वरिपरि रहेका विभिन्न सात क्षेत्रहरूमा सुरु गरिएको छ । चिनियाँ पीएलएले ताइवानको जलक्षेत्र र हवाई क्षेत्रनजिक संयुक्त लडाइँ प्रशिक्षण अभ्यास आयोजना गरेको सिन्ह्वा समाचार एजेन्सीले यसअघि नै जनाइसकेको छ।  
 
बढ्दो सैन्य गतिविधिले यस क्षेत्रको राजनीतिक र सामरिक सन्तुलनमा फेरबदल आउन सक्ने देखिन्छ। यसैबीच ताइवान सरकारले अन्तर्राष्ट्रिय समुदायलाई ताइवानमाथि चीनको सैन्य दबाबको निन्दा गर्न आग्रह गरेको छ । एएनआई